
पुण्यप्रसाद घिमिरे
बैत्यश्वर-६ दाेलखा
जति हिंडूँ पाईलाहरू,
गन्तव्य गमन गुरू,
जति बाेल्छु शव्दहरू,
मन्तव्य वचन गुरू।
ठाेकिने राेकिने शिक्षा,
भवितव्य टार्ने तिमी,
भज्न पाउँ नाम हर्दम,
कीर्तन भजन गुरू।
शील सीप यव्यवहार,
अनुशरण सदा तिम्रै,
गुरू सर्व रक्षाकवच,
प्रगतिका कफन गुरू।
टर्छन् सारा दुख कष्ट,
तिम्रै जुक्ती र बुद्धिले,
शान्ति निन्द्रा निदाउन,
आश्रय वतन गुरू।
बाबाआमा मित्र गुरू,
अमूल्य ती तिम्रा अर्ती
तन मन धनका शिक्षा,
व्रम्हाण्डै सघन गुरू।





