“पुतली”


गणेश आत्रेय
मदनपोखरा,पाल्पा

फुरफुर पुतलीले नृत्यलीला चलाई।
सकल सुमन चाली मोजमा अल्मलाई॥
मधुर सुमन रोजी रासलीला रचाई।
रस रज सब डोली नाट्यशाला मचाई॥

सुखसयल सधैँको हुन्न कोही कसैको।
अविरल छ र कस्को राज्यसत्ता मजैको॥
सुखदुख सब घुम्दै आउँदै गर्छ जाँदै।
सुझ बुझ पुतलीले ज्ञान बाँड्दैछ जाँदै॥