
विके माकजु
भक्तपुर
नखाऊ गाल
न चोर मखन ओ!
बाल गोपाल
मन सम्हाल
झर्ला पर्ला खानामा
बाँध कपाल
हाँसो छर्छौ नि
गोपाल बासीलाई
मुग्ध गर्छौ नि
ज्ञानी बाबाले
खानु हुन्न चोरेर
नन्दलालाले
पानी मुलझैँ
बसाउने मग्मग
रानी फूलझैँ
मधुरा पुत्र
चकचके कन्हैया
बासु सुपुत्र!
बोलीमा गान
लठ्ठ पार्ने हेराई
जादु मुस्कान
बाँसुरी फुक
हर बाल गोपाल
भक्तको दु:ख।





