पर्व


सुरेशकुमार पाण्डे

“दिनेश ! भैलो खेल्ने होइन ? ” रविले सोधे।
“आज दिउसभरी खेलेको हो मत हजुर जानुभयो त ? “-दिनेशले पनि जानकारी गराउँदै सोधे।
“मपनि एकछिन खेलेको हो।” रविले पनि जानकारी गराए। “हो र किन छुट्टै भैलो खेलेको ? हामीसँग खेलेको भए राम्रो हुनेथियो। “-दिनेशले भन्यो। “अहिले हामीले छुट्टै भैलो बनाएका छौँ।”- रविले जानकारी गराए।
“अब ठूलो भाग चाहिएहोला नि ? “-दिनेशले व्याङ्ग्यात्मक शैलिमा भन्यो। ” मलाई चाहिँदैन ठूलो भाग। तिमीहरूले नै राख।”-रविले पनि मुस्कुराउँदै ठट्यौली पारामा भने।
“हामी सँग खेलेको भए  एकधार्नी मासु आउँथ्यो तिम्रो हिस्सामा। अब उता कतिजान छौ अनि नयाँ भैलोलाई कसले देला र धन् ?”-दिनेशले उपहास गर्दै भन्यो। उनीहरू विगतका वर्षहरूमा एउटै भैलो खेल्दै आएकाथिए। अहिले रविले छुट्टै भैलो बनाएकाछन्। “हामीलाई थोरै पैसा दिएपनि त्यो पैसाले एउटा अक्षकोष खडा गरेर प्रत्येक वर्ष गरिब जेहेन्दार विद्यार्थीलाई सहयोग गर्ने निर्णय गरेका छौँ। “- रविले दिनेशलाई जानकारी गराए। हाम्रो देशमा सबैभन्दा बढी पर्व छन् जस्तो लाग्छ। यी सबै पर्वलाई रचनात्मक रूपमा मनाउने हो भने देशमा सबै सुखी हुनेछन्।” रविले थप भने।
“अब मेला पर्व भनेको त बाड गर्नलाई बनेका हुन्छन् यिनलाई पनि झारामा लैजानु गलत हो।” दिनेशले अँध्यारो मुहार बनाउँदै भन्यो। ” “झारा होइन बरू एउटा सही विचार हो। अहिलेसम्म भैलो खेलेको पैसा पशुवली दिएर सकियो। हामीले त जम्मा गरेर गरिबको मद्दत गर्ने विचार गरेका छौँ।”-रविले सबै विवरण बताउँदै भने ।
“हो र, त्यसो भए त मपनि यतै खेल्छु भैलो ?”- दिनेशले केही सोचेजस्तै गर्दै भन्यो।