“होसियार”

केशवराज अधिकारी

सिम्सिमे पानी लिखा पार
दर्कदो पानी पैरो झार।
खोला नाला वारको पार
बगाउला है होसियार।
साउन भदौ र असार
हिलो मैलो घर धन्सार।
फोहर पानी नखाऊ यार
हैजा लाग्ला होसियार।
सुख्खा थियो खहरे टार
ह्वात्तै बढ्यो छहरे तार।
कस्ले हाल्न सक्छ र बार
बढ्ला है अझै होसियार।
मिदिम मादी वारको पार
बगाई ल्यायो दाउरा झार।
पौडी खेल्न नजाऊँं यार
बगाउला है होसियार।