
डा. छायादत्त न्यौपाने
राताे राम्रो झन्डा हाम्रो
निलाे किनार
माझतिर चन्द्र सूर्य
नाच्छन् फरर
तीन चुच्चे हाम्रो झन्डा
कति राम्रो छ
कहिल्यै झुक्न नजान्ने
बानी परेछ
राताे निलाे सेताे रङ
चट्ट मिलेको
नेपालकाे गौरव
छ है बाेकेकाे
तलमाथि चन्द्रसूर्य
हाम्रो झन्डामा
यसकै सान अग्लो छ
सिङ्गै विश्वमा।
श्रोत ः नेपाली बालसाहित्य





