“हाम्रो मामा”

मणि भट्टराई

हाम्रो मामा आउनु भो
बिस्कुट पापा ल्याउनु भो
झोला बाट झिकेर
मेरो हातमा दिनु भो।

खुशी उसै थिएँ
अझ खुशी भएँ
गुन्द्रीमा बसेर
भाग लाउँदै गएँ।

बैनी लाई दिएँ
भाइ लाई दिएँ
साथीलाई दिएर
अनि आँफुले खाएँ।

खायौँ मिलि जुली
आपसमा खुली
गर्यौ खुशी भएर
मामालाई ठूली।

मामा आए आश
खाजा हुन्छ खास
खाँदा आपसमा बाँडेर
बेग्लै हुन्छ मिठास।