
विमला ढुङ्गाना निरौला
हाम्रो घरको पालीमा
चरीले गुँड लाएको
साना बच्चा गुँडमा
बसी चारा खाएको
चुच्चोमा च्यापी आमाले
खाना खोजी ल्याउँछिन्
च्याँ-च्याँ गर्छन् बचेरा
पालैपालो खुवाउँछिन्
चारो खोज्न उडेर
जानु पर्ने पर छ
बचेरालाई शत्रुले
लैजाला कि डर छ
गिद्ध, काग, सर्पले
गुँडमा हेर्न आउँछन्
तिनै साना बचेरा
माथि आँखा लाउँछन्
अघि बढ बचेरा
पङ्ख भ्याटभ्याट गरेर
आफ्नै संसार बनाउनू
उड आकाश भरेर।
श्रोतः नेपाली बालसाहित्य





