
दिप्सा खाती
कक्षा : ९
ईशानेश्वर माध्यमिक विद्यालय
मध्यनेपाल नगरपालिका-६
भोर्लेटार, लमजुङ
समय हो एउटा तत्व
यसको जीवनमा हुन्छ निकै महत्त्व
पाइला चालेसँगै घडीको सुई चल्छ
यसले गर्दा ज्ञानको दियो बल्छ
यत्तिकै समय फाल्नु हुँदैन खेर
राम्रो काम गर्नुपर्छ समयको महत्त्व बुझेर
हामी समयमै पढ्नु पर्छ
राम्रो काम गरेर अघि बढ्नु पर्छ
समयसँगै मानिसहरू टाढा हुँदै जान्छन्
उनीहरूले नै राम्रो काम गर्नु पर्छ भनेर सिकाउँछन्
समयसँगै नयाँ कुरा सिक्न पाएको छु
पढ्न भनी समयमै विद्यालय आएको छु ।
श्रोतः नेपाली बालसाहित्य





