“शुभकामना”

राज कुमार राजभण्डारी खाेटाङे
मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर

शरद ऋतुकाे आगमन सँगै दशैँ तिहारकाे शुभकामना
हर्ष र उमंगले सबैको मनमुटुमा खुसीयालीकाे हाेस् भावना
सयपत्री र मखमली फूलहरू उसै ढकमक फुलेको
आफन्तमा भेटघाट हुँदा आनन्दले आज मुहार खुलेको।

रमाइलो चाडपर्वकाे भेट हुँदाको खुसीयालीमा
उमंगले सधैंभरि छाइरहाेस् सबैको मनमन्जिलमा
हरेक बर्ष चाडपर्वमा भई रहाेस् एकआपसमा
दसैं तिहार छठ पर्व र नेपाल सम्बत्तकाे शुभकामना।

सयपत्री र मखमली फुल बनी सधैंभरि फुली रहनु
निराशपनकाे जिन्दगी हाेइन दुबाेसरि मौलाई रहनु
जन्मभूमि अनि कर्मभूमिकाे उर्वरशिल आफ्नै माटोमा
शुभ रहाेस् हरेकपल सबै सबैको जिन्दगानीमा।

सफलताको शिखर चुमि रहनु हरेक घडीमा
सुखमा मात्रै होइन दु:खमा पनि हिमाल झैं हाँसी रहनु
आकाशकाे नौलाख तारा बनी सधैं चम्कि रहनु
सफलताको शिखर चुमि रहनु हरेक घडी हरेकपलमा
दशँ तिहार छठ पर्व अनि नेपाल सम्बत्तकाे शुभकामना यहाँहरूमा।

फुटेर होइन जुटेर बस्न सकौँ सधैं एकआपसमा
स्वाभिमानी भएर बाँची रहनु आफ्नै जिन्दगीमा
सु स्वास्थय र दीर्घायूकाे सबैलाई मनाेकामना
हामी नेपालीको महान पर्व दशँकाे सबैमा शुभकामना।