दौँतरी


डा छायादत्त न्यौपाने

शरद रितु आयाे
हरियाली ल्यायो
ढकमक फूलहरू
बारी मुस्कुरायाे

रूख डालीपातमा
भुर्र फुर्र पुतली
मौरी आए हुलमा
प्युपाप्युपी गौंथली

चरी उडे भुरुरु
नानी बाबू रमाए
चारचुच्चे चङ्गा
ती आकाशमा पठाए

दसैँ गीत गाउँदै
पिङसँग खेलेका
भेटघाट रमाइलो
गाउँ सहर डुलेका

खेतबारी झुलेका
वन पाखा हरियै
ताजा मिठा खानेकुरा
पाइने बरिलै

मिल्दा रूपरङ्गका
आँगनभरि दौँतरी
उस्तै सिप ढङ्गका
नाचे गाए देशभरि!