
पुण्यप्रसाद घिमिरे
बैत्यश्वर-६, दाेलखा
घिन्ताङ् घिन्ताङ् ताल,चाल मिलेकाे,
गुरूमाले नाचेझैँ, नाच्न सिकेकाे।
हात बनाइ पखेटा, चरी उँडेकाे,
ओैलाहरू मिलाई, माछी पाैडेकाे।
मने जस्तै बुर्लुक्क, चाल चालेर,
अधिपछि दायाँबायाँ, खुट्टा फालेर।
घुमी घुमी कक्षामा, सबै नाचेकाे,
जीऊ पार्दै लचक, कम्मर भाँचेकाे।
दायाँबायाँ माथितल, शिर चलाई,
हातले ठ्याम्म ठ्याम्म, ताली बजाई।
तालसँगै साथीकाे, हात समाई,
आज नाच सिकियाे, रमाई रमाई।





