
तुलसी पण्डित
अघि सम्म बिरालो
म्याउम्याउ गरेको
भोक लाग्यो भन्दै ऊ
फुस्रा आँखा गरेको
ऐले कता गयो ऊ
खोजेको छु कान्लामा
घर अनि छतमा
लुक्यो कि त मान्द्रामा
भात खाने बेलामा
सधैं आइ कराउछ
हात मात्र उठाए
म सँग पो डराउछ
आमा सधैं भन्नु हुन्छ
भात न देउ त्यसलाई
भोक लाग्यो भने मात्र
जान्छ मुसा मार्नलाई
जब बात माने मैले
बिरालो नै हरायो
खोज्दै गए आँगनी
मुसो पो करायो
मुसो भाग्न बल गरेको
उसले च्याप्पै समायो
त्यै मुसोलाई खाएर
अैले ऊ त रमायो।
श्रोतः नेपाली बालसाहित्य





