“नयाँ वर्ष”


शिव पुन

भित्ते पात्राे नयाँ फेर्याे , खै के नयाँ भाे र
रात भरि पेट भर्याे , त्यस्ताे पनि हाे र ।

हर दिन नयाँ हुन्छ , त्यहीँ हामी साेचौँ
झुटा कुरा सबै छाेडी , सत्य कुरा खाेजौँ ।

रात दिन के छ चिन्ता , चिन्ता के हाे जान
एक क्षण भए पनि , गर्नु पर्छ ध्यान ।

ध्यानी बन ज्ञानी बन , याेग तप बल
मन शुद्धी भए पछि , तब राम्रो फल।

अल्छी पना देखा सिकी , गर्न हुन्न हामी
सिक काम सही के हाे , तब मात्र जानी।

बुद्ध जन्मे दुई पल्ट , त्यहीँ हामी सिकौँ
मन भित्र के छ व्यथा , त्याे पनि त झिकौँ।

हर दिन हर क्षण , हाम्रा लागि नयाँ
पात्राे मात्र गन्ने हैन , चेतना जाे भया।

कक्ष भित्र घुम्छ धरा , अक्ष साथ- साथै
हर ऋतु हर साल , के भाे नयाँ बातै ।

शिशु पनि बैँस हुन्छ , बैँस हुन्छ बुढाे
साेची बुझी जानी मात्र , काम गरौँ ठुलाे ।

इतिहास कालखण्ड , बित्याे कस्ताे हाल
नयाँ काम गरे पछि , नयाँ त्याे हाे साल।