Categories: बाल कथा

प्रश्न ?

दुर्गा तिवारी राजन

आज चाँडै काम धन्दा सक्नु,भन्दै गरेको सुनेकी थिइन आरतीले, बुबाले आमालाई भनेकाे। घरमा काेही आउँदैछन, लख काट्न गा-हाे छैन।
आँगन भरी कुटुम्बहरु,साज-सज्जामा आमाले सिँगार पटार गर्दै आरतीलाई सजाईन। आएका कुटुम्बहरुले उनलाई हेरे पानी खान दिन भने उनले सबैलाई पानी खुवाईन। कुटुम्बहरु बिदा भै आँगनबाट ओझेल परे।
भित्रबाट आँगनमा आएर बुबालाई अम्बाकाे बिरुवा देखाउँदै ,बुबा:याे बिरुवा अन्त कतै सार्दिनु पर्याे? याे आँगनमा सुहाएन?
आरतीले बुबालाई भनिन् । छाेरीकाे प्रश्नमा बुबा भन्नुहुन्छ ! के:भन्छे याे, चार चार बर्ष भयाे राम्रो फलिरहेछ,यस्लाई अन्यत्र सार्दा फस्टाउँदैन र हुदैन पनि। आरती बुबा पट्टि फर्किदै आँखा भरी आँशु पारिन।
“बुबा याे अम्बाकाे बिरुवा चार बर्ष देखि यहीँ छ यस्लाई अन्यत्र सार्दा फस्टाउँदैन भन्नु हुन्छ। तर तपाईँको आँगनमा बिगत बाईस बर्ष देखि फस्टाएकाे अर्को बिरुवालाई तपाईँ अन्यत्र सार्दा के त्यो बिरुवा राम्रोसँग फस्टाउन सक्छ र बुबा?

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बाटो

दुर्गा घिमिरे “ठूला गाडी कुदेर बाटोमा हिँड्नै नसकिने भयो, अब त केटा–केटीले बाटामै निस्कन नपाउने…

2 hours ago

“ऋतुराज”

गणेश आत्रेय मदनपोखरा,पाल्पा जाडो तुसारो ठिहिरो भगाउँदै। मैना चिसो फागुन त्यो धपाउँदै॥ न्यानो मिठो चैत्र…

2 hours ago

“बाह्र महिना”

रञ्जुश्री पराजुली बर्षका बाह्र महिना फरक रुपका हुन्छन् कहिले औधी गर्मी कहिले तीखो जाडो। बैसाख…

1 day ago

“पढ नानी”

अम्बिका शर्मा माइली पढ नानी पढेर ठूलो हुनुछ, कखगघ सिकेर ज्ञानी बन्नुछ। तोते तोते बोलिले…

1 day ago

घोडेजात्रा

  घोडेजात्रा पर्वका अवसरमा नेपाली सेनाले बुधवार काठमाण्डूको टुँडिखेलस्थित सैनिक मञ्चमा एक विशेष समारोह आयोजना…

1 day ago

“वसन्त”

देव भट्टराई रनवन हरियाली लाग्छ आयो वसन्त । विपुल विमल छायो फूल फुल्दा अनन्त ।।…

2 days ago