दुर्गा घिमिरे
“ठूला गाडी कुदेर बाटोमा हिँड्नै नसकिने भयो, अब त केटा–केटीले बाटामै निस्कन नपाउने भए!”
हर्कमानले गुनासो पोख्यो।
बिसेले थप्यो, “हो नि, तन्नेरीहरूलाई पनि खेल्न ठाउँ छैन। विस्कुन सुकाउनसमेत बाटोमा ठाउँ पाइँदैन!”
त्यसै बेला कसैले सुझाव दियो, “ल, तल खानेपानी ल्याउने ठाउँमा एउटा खाडल खनिदिऔँ न, गाडी नै नआओस्। बाटो रोकिन्छ, हामीलाई सजिलो हुन्छ।”
सबैले “ठीक छ” भन्दै खाडल खने। गाडीको आवतजावत बन्द भयो। गाउँ एकछिनलाई शान्त भयो। “अब त ढुक्क भयो”
कसैले खुसी हुँदै भन्यो, “गाई चराउन पनि पाइयो, केटाकेटी बाटोमै खेल्दा पनि डर छैन।” सबैले आफ्नै बुद्धिको प्रशंसा गरे।
तर साँझ परख गाउँमा अचानक आगलागी भयो। मानिसहरू आत्तिँदै कराए,“छिटो दमकल बोलाऊ!”
दमकल आयो… तर गाउँ नजिकै खनिएको गहिरो खाडलले बाटो रोक्यो। दमकल त्यहीँ अड्कियो।
“अब के गर्ने?” कोही चिच्यायो।
“पहिले खाडल पुर्ने कि आगो निभाउने?” अर्कोले असहाय हुँदै सोध्यो। खाडल पुरिँदासम्म आगोले आधा गाउँ निलिसकेको थियो। सबैको मुख निस्तेज भयो।
हर्कमानले टाउको समाउँदै भन्यो, “हामीले बाटो रोकेर आफ्नो सुविधा खोज्यौँ… तर बाटोले त हाम्रो जीवन नै जोड्दो रहेछ।”
बिसे चुपचाप भन्यो, “साँच्चै… बाटो बन्द गर्ने बुद्धि सजिलो लाग्यो, तर त्यसको मूल्य निकै महँगो परेछ।”
गाउँलेहरू एकअर्कातिर हेरे—अब पश्चातापबाहेक केही बाँकी थिएन।
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…