दुर्गा घिमिरे

“ठूला गाडी कुदेर बाटोमा हिँड्नै नसकिने भयो, अब त केटा–केटीले बाटामै निस्कन नपाउने भए!”
हर्कमानले गुनासो पोख्यो।
बिसेले थप्यो, “हो नि, तन्नेरीहरूलाई पनि खेल्न ठाउँ छैन। विस्कुन सुकाउनसमेत बाटोमा ठाउँ पाइँदैन!”
त्यसै बेला कसैले सुझाव दियो, “ल, तल खानेपानी ल्याउने ठाउँमा एउटा खाडल खनिदिऔँ न, गाडी नै नआओस्। बाटो रोकिन्छ, हामीलाई सजिलो हुन्छ।”
सबैले “ठीक छ” भन्दै खाडल खने। गाडीको आवतजावत बन्द भयो। गाउँ एकछिनलाई शान्त भयो। “अब त ढुक्क भयो”
कसैले खुसी हुँदै भन्यो, “गाई चराउन पनि पाइयो, केटाकेटी बाटोमै खेल्दा पनि डर छैन।” सबैले आफ्नै बुद्धिको प्रशंसा गरे।
तर साँझ परख गाउँमा अचानक आगलागी भयो। मानिसहरू आत्तिँदै कराए,“छिटो दमकल बोलाऊ!”
दमकल आयो… तर गाउँ नजिकै खनिएको गहिरो खाडलले बाटो रोक्यो। दमकल त्यहीँ अड्कियो।
“अब के गर्ने?” कोही चिच्यायो।
“पहिले खाडल पुर्ने कि आगो निभाउने?” अर्कोले असहाय हुँदै सोध्यो। खाडल पुरिँदासम्म आगोले आधा गाउँ निलिसकेको थियो। सबैको मुख निस्तेज भयो।
हर्कमानले टाउको समाउँदै भन्यो, “हामीले बाटो रोकेर आफ्नो सुविधा खोज्यौँ… तर बाटोले त हाम्रो जीवन नै जोड्दो रहेछ।”
बिसे चुपचाप भन्यो, “साँच्चै… बाटो बन्द गर्ने बुद्धि सजिलो लाग्यो, तर त्यसको मूल्य निकै महँगो परेछ।”
गाउँलेहरू एकअर्कातिर हेरे—अब पश्चातापबाहेक केही बाँकी थिएन।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

9 hours ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

9 hours ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

2 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

2 days ago

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

3 days ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

3 days ago