प्रेरक प्रसंगः

कुनै सहरमा एक महिला थिइन् । उनलाई साधारणभन्दा साधारण कुरामा पनि झनक्क रिस उठ्थ्यो । उनको यस्तो बानीका कारण पूरै परिवार हैरान थियो । उनको रिसका कारण घरमा जहिल्यै कलह र अशान्तिको माहोल बनिरहेको हुन्थ्यो ।
एक दिन तिनै महिलाको ढोकामा एक साधु भिक्षाटनका क्रममा पुगे । उनले साधुलाई भिक्षा दिँदै गर्दा आफ्नो समस्याबारे बताउँदै भनिन्– साधु महाराज, ससाना कुरामा पनि रिस उठेर म हैरान भइरहेकी छु । मेरो यस्तो समस्याले परिवारमा जहिल्यै अशान्ति हुन थालिसक्यो । यसबाट छुटकारा पाउने कुनै उपाय छैन ?

उनको समस्या सुनिसकेपछि साधुले आफ्नो झोलाबाट एउटा सानो सिसी निकालेर ती महिलालाई दिँदै भने– जबजब तिमीलाई कसैबाट या कुनै कुराबाट रिस उठ्छ, त्यतिखेर यसबाट तीन–चार थोपा मुखमा हाल्नु र १० मिनेटसम्म मुखमै राखिराख्नु । त्यतिन्जेल मुख नखोल्नू । याद गर्नू, बीचमै मुख खोल्यौ भने औषधिले काम गर्दैन ।
महिलाले साधुले भनेअनुसार औषधि सेवन सुरु गरिन् । र, सात दिनमै उनको रिसाउने बानी छुट्यो । सात दिनपछि तिनै साधु पुनः उनको ढोकामा आइपुगे । साधुलाई देख्नासाथ ती महिला उनको पाउमा परिन् । उनले भनिन्– साधु महाराज, हजुरले दिएको औषधि सेवन गरेपछि मेरो रिस अचानक गायब भयो । अब त मलाई कत्ति पनि रिस उठ्दैन । मेरो परिवारमा पनि अब त शान्तिपूर्ण माहोल छ । यस्तो अचुक औषधिका लागि हजुरलाई धेरैधेरै धन्यवाद छ ।
साधुले भने– तिमीले जेलाई औषधि ठानेर सेवन गर्‍यौ, त्यो सामान्य पानी मात्र थियो । तिमीले पानीलाई औषधि ठानेर सेवन गर्‍यौ र १० मिनेटसम्म चुपचाप बस्यौ । त्यसैले, तिम्रो रिस शान्त भएको हो । रिसको औषधि भनेकै मौनता हो ।

श्रोतः https://www.nayapatrikadaily.com/news-details

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बाटो

दुर्गा घिमिरे “ठूला गाडी कुदेर बाटोमा हिँड्नै नसकिने भयो, अब त केटा–केटीले बाटामै निस्कन नपाउने…

8 hours ago

“ऋतुराज”

गणेश आत्रेय मदनपोखरा,पाल्पा जाडो तुसारो ठिहिरो भगाउँदै। मैना चिसो फागुन त्यो धपाउँदै॥ न्यानो मिठो चैत्र…

8 hours ago

“बाह्र महिना”

रञ्जुश्री पराजुली बर्षका बाह्र महिना फरक रुपका हुन्छन् कहिले औधी गर्मी कहिले तीखो जाडो। बैसाख…

1 day ago

“पढ नानी”

अम्बिका शर्मा माइली पढ नानी पढेर ठूलो हुनुछ, कखगघ सिकेर ज्ञानी बन्नुछ। तोते तोते बोलिले…

1 day ago

घोडेजात्रा

  घोडेजात्रा पर्वका अवसरमा नेपाली सेनाले बुधवार काठमाण्डूको टुँडिखेलस्थित सैनिक मञ्चमा एक विशेष समारोह आयोजना…

1 day ago

“वसन्त”

देव भट्टराई रनवन हरियाली लाग्छ आयो वसन्त । विपुल विमल छायो फूल फुल्दा अनन्त ।।…

2 days ago