“बाहिरी हर्ष मनमा विमर्श”


श्रीया पौडेल
चन्द्रगिरि १२, काठमाडौं

आज मनमा मेरो हर्ष
हिजो र भोलिको छैन कुनै विमर्श,
किन किन यो मन सफलतालाई खोजीरहन्छ
जतिखेरै असल मार्ग रोजीरहन्छ।

आफ्नो भावना कसरी पोखौँ थाहाछैन
कलम चलाउँ भने म कवयत्री पनि त होइन
अनेकौँ प्रश्नहरु उठछन मेरो मनमा
छुट्टै जोश र जाँगर आएको छ तनमा।

हिजोभन्दा आज फरक आज भन्दा भोलि
विश्वास कस्को गर्नु खै साँचो हुन्न बोली
यो स्वार्थी संसारमा सबै स्वार्थ भरिएको
धन पैसालाई हेरी स्वार्थी माया गरिएको।

आफ्नैले त छोड्न थाले विश्वास कसको गर्नु अब
पाठ सिकाउनै पर्छ खोल्छन आँखा जहिले तब
पहिले जस्तो मित्रताको छैन अहिले समय
मनै भरी दुःख बोकी बाहिर मात्र रमाएँ।