Categories: बाल कथा

अदृश्य सङ्केत


लक्ष्मी रिजाल
रूपनगर, सप्तरी

​त्यो बिहान आकाशको रङ्गमा रगत र खरानीको अद्भुत सम्मिश्रण थियो । रुखका पातहरू हावाविना नै कामिरहेका थिए भने चराहरू उड्न बिर्सिएर स्तब्ध थिए । मौसमविद् आभाष आफ्नो ल्याबको स्क्रिनमा अनियन्त्रित रूपमा नाचिरहेका राता रेखाहरू हेर्दै अत्तालिएका थिए । प्रकृतिको यो मौनता कुनै ठुलो प्रलयको पूर्वसन्ध्या थियो । उनले काँप्दो हातले डायरीमा लेखे- “प्रकृतिले भाषा बोल्दैन, उसले त केवल नतिजा सुनाउँछ।”
​बाहिर ‘विश्व मौसम दिवस’ को भव्य उत्सव थियो । ‘हरियो पृथ्वी’ का नारा र हिमाल जोगाउने आश्वासनका भाषणहरूले सहर गुञ्जायमान थियो । आभाष मञ्चमा पुगेर चिच्याए, “हामीले उत्सव मनाइरहँदा प्रकृतिले हाम्रो अन्त्यको तयारी गरिरहेको छ, अब समय छैन !” तर, भीडले उनको चेतावनीलाई ‘कलात्मक भाषण’ सम्झिएर तालीको गडगडाहटले स्वागत गरे। ​एक्कासि आकाशमा सूर्य अस्वाभाविक रूपमा चम्कियो । मानिसहरूले त्यसलाई ‘सुनौलो दिन’ ठानेर खुसी मनाउँदै गर्दा, त्यो न्यानोपन क्षणभरमै डढेलोमा परिणत भयो । सडकका पिचहरू पग्लिन थाले र उत्सव मनाइरहेका ती मुस्कुराउँदा अनुहारहरू सेकेन्डभरमै खरानीको थुप्रोमा बदलिए । प्रकृतिलाई क्यालेन्डरको ‘दिवस’ मा कैद गर्नेहरूलाई त्यही दिवसको उज्यालोले सदाका लागि निल्दिन सक्छ, समय मै सजक बनौँ ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“पानी”

डा छायादत्त न्यौपाने ए पानी! कति चिसो तिमी जाडोमा छुनै नसकिने नछाेई नहुने हिमालतिर उस्तै…

19 hours ago

उज्यालोको पछिपछि

रोजिना घिमिरे आमा, यो कुन युगको रात हो जुन कहिल्यै सकिँदैन ? म पर्खिरहेको छु,…

19 hours ago

पीर

निमा छिरिङ भोटिया जलढाका कालेबुङ "ईश्वरको लिला पनि कस्तो अचम्मको छ। हामी नहुँदा पनि नहुने…

20 hours ago

निर्दोष गुलेली

नन्दलाल आचार्य उदयपुर “तिमीले कसको अनुमतिले मेरो निधार फुटायौ ?" सडकछेउको बूढो पीपल एकाएक बोल्यो,…

2 days ago

अनविज्ञता

बिन्दु पौड्याल वस्ती भरतपुर -२, चितवन "के गर्नुभएको ममी त्यस्तो ? अरूले देखे भने के…

2 days ago

“वसन्त”

गणेश आत्रेय मदनपोखरा,तानपा-९,पाल्पा वसन्त छर्दै जब चैत आयो। पोथ्रा लता वृक्ष खुशी गरायो॥ हराभरा भो'…

3 days ago