तुलसी पण्डित
अनुशासन गहना
स्कुलै हो बहना
उठौँ सबै जागेर
हिड्नु हुन्न तर्केर
सबै हाम्रा साथी
जानुछ है माथि
अब हामी मिलेर
स्कुुल जाउँ हिँडेर
खाना पकाउ आमा
लगाइ देउन जामा
झोला आफैँ बोकेर
हिँडे सलाम ठोकेर
सबै जुटी पढौँन
अघिअघि बढौँन
जागौँ अब उठेर
हिँड्न हुन्न डुलेर
यता आउ नानु
खेल खेल सानु
समात है बल
न गर है छल।
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…
रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…