गंगाराम ढकाल
बिहानै नुहाइ धुहाई गरेर ईन्दिरा पूजाको थालीमा पूजा सामग्री सहित पशुपति मन्दिर तर्फ लागिन् । मन्दिर पुगेर फूलपाती, धुप, अक्षता र रुपियाँ भगवान् को मूर्तिमा चढाईन र ढोगिन । यसो पर्तिर गएर पूजारीसँग टीका लगाइन र दक्षिणा स्वरूप रु सयको नोट हातमा राखिदिईन् । दक्षिणा थोरै भएछ क्यारे, पण्डितले पैसा तानेर खल्तीमा हाल्दै अर्को जजमान तर्फ आँखा हेर्दैथिए।
पूजा सकेर बाहिर निस्किँदा मन्दिरकै पेटीमा केही माग्नेहरू “हजुर पाँच रुपियाँ ! हजुर पाँच रुपियाँ !” भन्दै आर्त स्वरले पुकारा गरिरहेका थिए । कति अपाङ्ग थिए, कोहि अशक्त बुढाबुढी । तर इन्दिराले उनीहरुको आर्तनादलाई वास्तै नगरी अगाडि लम्किन् । जतिजति पर पुग्छिन् उतिउति तिनै आर्त स्वर उसको कानमा गुन्जिरह्यो । उनको मन बेचैन भयो । घरको ढोका पुगेपछि झल्याँस्स भईन् । उनले देवकोटाको “यात्री कविता” सम्झीन् “कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो, कुन सामाग्री पुजा गर्ने साथ कसरी लाने हो ……….जाउ समाउ ती आर्त हरुको चराई रहेको घाऊ”।
उनी फरक्क फर्किन् र दौडिँदै गएर मन्दिरका परिसरमा बसेका ती दरिद्र भिखारीहरूलाई दस दसका नोट दान गरीन्। सबैले भने “हजुरको जय होस्, भगुवानले कल्याण गरुन।” उनीहरूको मुहारमा अनौठो प्रकाश चम्कियो। इन्दिरालाई यति भएपछि ठूलो सन्तोष भयो । मन हलुङ्गो भयो। घर फर्किईन। कतिखेर घर पुगिन पत्तै भएन, मनमनै सम्झदै थिइन “असली भगुवान त मन्दिर बाहिर बस्दा रहेछन।”
विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…
शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…
घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…
मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…
इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…