Categories: बाल कथा

असार १५ धान दिवस


दुर्गा घिमिरे

राष्ट्रिय धान दिवसको उपलक्ष्यमा बिहानैदेखि फेसबुकका भित्ताहरू हिलाम्मे हुन थालिसकेका थिए।​ कहिले धानबारीको आलीसम्म नपुगेका छिमेकी दाइ घरमा हतार-हतार पुराना लुगा खोज्दै थिए। उनले श्रीमतीलाई अराए, “ए बुढी, मलाई मेरो त्यो पुरानो लुगा देउ त, आज मेला जानुछ।”
श्रीमती अचम्म परिन्, “कहिले मेला-पातको नाम नलिने मान्छे, आज कुन भूत सवार भएछ?”
दिले दाइको खेतमा सहरिया मानिसहरूको भिड लागेको थियो। कोही नेता थिए, कोही युट्युबर, त कोही फेसबुकका ‘सेलेब्रिटी’। सबैजना हिलो छ्यापाछ्याप गर्दै फोटो खिच्न र भिडियो बनाउन ब्यस्त थिए। नेताहरू माइक अगाडि उभिएर धान दिवसको महत्त्व र कृषि क्रान्तिका लामा-लामा भाषण छाँटिरहेका थिए। क्यामेराका लेन्सहरू चम्किरहेका थिए।​तर, त्यही खेतका वास्तविक मालिक दिले दाइलाई कसैले हेरिरहेको थिएन। उनी खेतको कुनामा बसेर टोलाइरहेका थिए।
​दिले दाइले लामो सुस्केरा हाल्दै छेवैको साथीसँग दुखेसो पोखे, “बिउ त बल्लतल्ल जुटाएँ, अब मल कसरी जुटाउने होला ? ऋण कसरी तिर्ने होला ?”
​उनको यो मलिन स्वर त्यहाँ कतै हरायो । धान दिवस मनाउन आएका सरकारी हाकिम र नेताहरूलाई न किसानको मलबिउको चिन्ता थियो, न त सिँचाइको समस्यासँग चासो।
​साँझ पर्दै गयो। खेत विस्तारै सुनसान भयो। हिलोको नाटक सकिएपछि फेसबुक र टिकटकमा भ्युज अनि लाइककाे बाढी आउन थाल्यो। तर, दिले दाइ भने भोलिको दिन कसरी धान रोप्ने र मल कहाँबाट ल्याउने भन्ने पिरलो बोकेर फेरि उही अँध्यारो झुपडीतिर फर्किए।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

5 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

5 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

1 day ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

1 day ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

3 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

3 days ago