अन्जु शर्मा,रातोपुल
“हैन,सधैं तिमेरू किन झगड्छौ? चुप लागेर बस्न सक्तैनौ?” मान्छेले कोक र मोहीलाई धम्कीयायो।
“हजुर!म सदियौ देखि हजुरको सेवामा उपस्थित छु,मैले हजुरको स्वास्थ्यको ख्याल गरेकै छु। अहिले आएर यसले मेरो ठाउँमा अड्डा जमाएको छ। यो आए देखि हजुरको स्वास्थ्य मात्र हैन संपतिको पनि त्यतिकै क्षति भएको मैले महसुस गरें। त्यसैले यसले यो ठाउँ छोडेको राम्रो हो ।”मोहीले आफ्नो गुनासो पोख्यो।
“त्यसो हैन हजुर म विश्व प्रसिद्ध छु,पार्टी, भोज ,हरेक चाडपर्व आदि सबैतिर मेरो मात्रै माग हुन्छ । तिमी पुरानो भैसक्यौ। अब मलाई विस्थापित गर्न त परै जाओस् उच्च संमानका साथ स्थापित गर्नपर्छ”कोकले आफ्नो दम्भ पेस गर्यो।
“मान्छेले गम्भीरतापूर्वक सामाधान निकाल्यो।साना गाउँ बिकास भएर छोटी बजारमा परिणत भएको अवस्था छ। मान्छेहरू पनि खेतीपाती छोडेर वैदेशिक रोजगारीबाट मनग्ये आय आर्जन गर्न थाले । त्यसैले आधुनिकतामा कोक नै अंगाल्नुपर्ने अवस्था आयो ।”
“यति धेरै मुर्ख मान्छे भन्ने मलाई त लागेको थिएन तर कुनै दिन मेरो महत्त्वले मान्छे चिन्तित बन्ने छ” मोही आफ्नो बाटो लाग्यो ।
दुर्गा पौडेल तिनपा ३ शंकरनगर आहा ! क्या सुन्दर छ मेराे देश। उच्च हिमाली श्रृंखला,…
मचिन्द्र खत्री आऊ रमाऊँ अब भो प्रभात छन् कर्म गर्ने जनहीत हात। जो कर्म गर्लान्…
डा छायादत्त न्यौपाने (साँझपखकाे समय, बत्ती बलेको छ । पढाइ विषयमा साथीकाे तर्कले तानेर सचिनलाई…