अन्जु शर्मा,रातोपुल
“हैन,सधैं तिमेरू किन झगड्छौ? चुप लागेर बस्न सक्तैनौ?” मान्छेले कोक र मोहीलाई धम्कीयायो।
“हजुर!म सदियौ देखि हजुरको सेवामा उपस्थित छु,मैले हजुरको स्वास्थ्यको ख्याल गरेकै छु। अहिले आएर यसले मेरो ठाउँमा अड्डा जमाएको छ। यो आए देखि हजुरको स्वास्थ्य मात्र हैन संपतिको पनि त्यतिकै क्षति भएको मैले महसुस गरें। त्यसैले यसले यो ठाउँ छोडेको राम्रो हो ।”मोहीले आफ्नो गुनासो पोख्यो।
“त्यसो हैन हजुर म विश्व प्रसिद्ध छु,पार्टी, भोज ,हरेक चाडपर्व आदि सबैतिर मेरो मात्रै माग हुन्छ । तिमी पुरानो भैसक्यौ। अब मलाई विस्थापित गर्न त परै जाओस् उच्च संमानका साथ स्थापित गर्नपर्छ”कोकले आफ्नो दम्भ पेस गर्यो।
“मान्छेले गम्भीरतापूर्वक सामाधान निकाल्यो।साना गाउँ बिकास भएर छोटी बजारमा परिणत भएको अवस्था छ। मान्छेहरू पनि खेतीपाती छोडेर वैदेशिक रोजगारीबाट मनग्ये आय आर्जन गर्न थाले । त्यसैले आधुनिकतामा कोक नै अंगाल्नुपर्ने अवस्था आयो ।”
“यति धेरै मुर्ख मान्छे भन्ने मलाई त लागेको थिएन तर कुनै दिन मेरो महत्त्वले मान्छे चिन्तित बन्ने छ” मोही आफ्नो बाटो लाग्यो ।
विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…
शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…
घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…
मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…
इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…