तुलसी पण्डित
विदेशबाट छोराले आमालाई फोन गर्यो । आमालाई उदेक लाग्यो । वर्ष दिन भयो होला उसले फोन न गरेको । तै पनि छोटो समय भन्छ । उनले अझ सम्झदै गइन । यसको जीवन बनाउनको लागि मेरो त्यागले मेरो आफ्नै जीवन उदाङ्गीयो । केवल सपना मात्र बढ्यो । इच्छाहरू सपनामा सिमित भए । अझै पनि उही उपर मेरो माया छ । अझ ऊ यहाँ आए म उसलाई जीवन भर सकुन्जेल हर कामको लागि सुम्पन्थे ।
“मानौ कि बाबुआमा छोराछोरीको लागि बिना स्वार्थका नोकर हुन् । जसमा कुनै पैसाको मोलतोल हुदैन ।”छोराले भन्दै थियो ।
“आमा आज माता तिर्थ औसी । हजुरको मायाको लागि मैले के राखेको छु फेसबुकमा । अहिले मलाई बोल्न पनि फुर्सद छैन । चाँडै हेर्नू होला ।”
आमाले झट्पट् गरिए भन्नु भयो ।
“आमा सँग बोल्न फुर्सद न पाउनेले फेसबुकमा किन के राख्नु पर्थ्यो ?”
छोराले मुसुक्क हाँस्दै भन्यो ।
“यो त हजुर प्रतिको हाम्रो माया हो । साथै हामी प्रति गरेको हजुरको त्यागको सम्मान हो ।”
आमाले जिल्ल पर्दै फेसबुक खोल्नु भयो जहाँ नातिनातिना हुर्काउन जादा दश वर्ष अघि खिचिएको फोटो थियो ।
आमाको मन खिन्नताले रोयो ।
आमाले त्यही फोटोको तल लेख्नु भयो ।
बाबु यो आमा प्रतिको माया नभइ केवल झारा टराइ हो तर तिम्रो सधैं भलो होस्।
मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…
लालबहादुर भुजेल पहिलै पहिलै हिन्दू धर्म संस्कृतिकाे पढाई, गुरूकुलमा हुने गर्थ्याे लेखाई र सिकाई !…
अन्जु शर्मा रातोपुल मूर्तिका आँखाबाट आँसु खसे। उसले ढोकाबाट अवलोकन गर्दै गरेका मूर्तिकारलाई नमन गर्दै…