Categories: बाल कथा

आमाको मन


तुलसी पण्डित

विदेशबाट छोराले आमालाई फोन गर्यो । आमालाई उदेक लाग्यो । वर्ष दिन भयो होला उसले फोन न गरेको । तै पनि छोटो समय भन्छ । उनले अझ सम्झदै गइन । यसको जीवन बनाउनको लागि मेरो त्यागले मेरो आफ्नै जीवन उदाङ्गीयो । केवल सपना मात्र बढ्यो । इच्छाहरू सपनामा सिमित भए । अझै पनि उही उपर मेरो माया छ । अझ ऊ यहाँ आए म उसलाई जीवन भर सकुन्जेल हर कामको लागि सुम्पन्थे ।
“मानौ कि बाबुआमा छोराछोरीको लागि बिना स्वार्थका नोकर हुन् । जसमा कुनै पैसाको मोलतोल हुदैन ।”छोराले भन्दै थियो ।
“आमा आज माता तिर्थ औसी । हजुरको मायाको लागि मैले के राखेको छु फेसबुकमा । अहिले मलाई बोल्न पनि फुर्सद छैन । चाँडै हेर्नू होला ।”
आमाले झट्पट् गरिए भन्नु भयो ।
“आमा सँग बोल्न फुर्सद न पाउनेले फेसबुकमा किन के राख्नु पर्थ्यो ?”
छोराले मुसुक्क हाँस्दै भन्यो ।
“यो त हजुर प्रतिको हाम्रो माया हो । साथै हामी प्रति गरेको हजुरको त्यागको सम्मान हो ।”
आमाले जिल्ल पर्दै फेसबुक खोल्नु भयो जहाँ नातिनातिना हुर्काउन जादा दश वर्ष अघि खिचिएको फोटो थियो ।
आमाको मन खिन्नताले रोयो ।
आमाले त्यही फोटोको तल लेख्नु भयो ।
बाबु यो आमा प्रतिको माया नभइ केवल झारा टराइ हो तर तिम्रो सधैं भलो होस्।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

2 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

2 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

2 days ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

3 days ago

अस्तित्व

चम्पा दिवस राई दक्षिण सुखिम छेवैमा उभिएर ढकमक्क फुलेका गदवारीलाई हेर्दै पारिजातले भन्यो -- "फूलहरुको…

3 days ago

“सहयोग गरौँ”

शोभा कोइराला सहर छैन उजाड भयो स्थिति कहरमा असरल्ल छ बेथिति विरहनिम्ति सदा जसरी जुटौँ…

3 days ago