Categories: बाल कथा

घर विहिन


सुरेशकुमार पाण्ड
दाङ घोराही १८

“बाबा अब हामी कहाँ जान्छौँ ?”- सात वर्ष नपुगेकी पुतलीले खलेको नजिकै पुगेर सोधी। ” कतै त जाउँलानी छोरी तिमीलाई केको चिन्ता पर्यो हामी छँदै छौँ नि। तिम्रा आमा बाबा जहाँ गएपनि तिमीहरूलाई दुःख दिनेछैनौँ।”- खले आफ्नी सानि छोरीलाई तानेर काखमा बसाल्दै भन्यो। उसले छोरीलाई धेरै मायाँ गर्थ्यो। चामीले सामानहरू ब्यवस्थित गरेर राख्दै थिइ। उनीहरूले अब यो बस्तिमा नबस्ने ठानेका थिए। त्यसैले दुई तीन दिन पहिल्यैई घरमा भएको समान प्याक गर्दै थिए। “बाबा अब हाम्रो स्कुल पनि बद्लिन्छ र ? ” पुतलिले फेरी आर्को प्रश्न राखी। “कति कुरा जानेकी छ यो केटीले जा पर बसेर पढ जानेबेला त तँलाई छाड्ने छैनौँ।”- चामीले छोरीलाई हकार्दै भनी। “सोध्न देउन किन हकार्छौ नानीलाई।आखिर उसलाई पनि त चिन्ता होला। हाम्रो भन्दा उसका साथीहरू धेरै छन् बस्तिमा।”-खलेले स्वास्निलाई सुस्तरी सम्झायो। उसलाई यहाँ बस्ने मन त थिएन आमाको मृत्युपछि । तर पनि चार चार भाइ बहिनी लिएर कहाँ जाने ? आफुले रिक्सा चलाएर गुजारा गर्दै आएको थियो। अचेल त्यो रिक्साको कामपनि आटोले लिइसकेको छ। आफूसँग अटो किन्ने धन छैन् । त्यसैले अचेल एउटा ठेकेदारसँग सहयोगी बनेर हिंड्छ। “बाबा! हजुरआमासँग सोध्नु भएको भए हुन्थ्यो नि के थाहा कतै हाम्रो घर बनाउने ठाउँ थियो कि ? “- पुतलीले फेरी प्रश्न थपी। ” सोधेको थिएँ नानी हाम्रो आमा पनि हामी जस्तै हुनुहुन्थ्यो। मलाई यही बगरमा गिट्टी कुटेर पालिकी हुँन। तेरो बाबाले मलाई यही बस भनेर आफू कता गयो अहिलेसम्म अत्तोपत्तो छैन भन्नु हुन्थ्यो।”- ऊ भावुक हुँदै छोरीलाई अंगालोमा बेर्यो। ” त्यसो भए हामी असली सुकुम्बासी रहेछौँ घर बिहिन होइन र बाबा ?”- उसले खलेको आँखामा हेर्दै भनी। खलेको आँखा टिलपिल टिलपिल गर्दै थिए। पुतली अलि जिज्ञासु स्वभावकी थिई। “बाबा फेरी सरकारले हाम्रो बास सधैँ यस्तै खोसिरहन्छ ?”- पुतलीले सोधी। ” छोरी हामी खुब मिहेनत गर्छौँ र अगाडिका दिनहरूमा आफ्नै जमिनमा घर हाल्छौँ।”- खलेले आफ्नो आँखा पुच्छदै भन्यो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

अपाङ्ग साथी

रोजिनाघिमिरे आज पनि घाम त्यही गतिमा अस्ताउँदैछ, जसरी हिजो अस्ताएको थियो र जसरी भोलि अस्ताउनेछ,…

11 hours ago

आमाको मन

तुलसी पण्डित विदेशबाट छोराले आमालाई फोन गर्यो । आमालाई उदेक लाग्यो । वर्ष दिन भयो…

12 hours ago

“वातावरण संरक्षण”

कृष्णशरण उपाध्याय पौडेल हिजोभन्दा आज हामी, स्वार्थी बन्दै जाँदा अधोगामी अहङ्कारी , दम्भी बन्दै जाँदा…

12 hours ago

विद्यालय बन्द भएको समयमा बालबालिकाको हेरचाह र विकास: अभिभावकका लागि सुझावहरू।

उत्तम निरौला काठमाडौ नेपाली समाजमा विद्यालयको बिदा वा बन्द भएको समयलाई बालबालिकाको चौतर्फी विकासका लागि…

1 day ago

“हामी पढौँ पुस्तक”

घनश्याम रेग्मी नौला ज्ञान सिकाउने गुरु यही सत्‌मार्ग हो पुस्तक बाटो हिँड्न सिकाउने विषयको आदर्श…

1 day ago

विद्रोह

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "नानि तँलाई कति पटक भन्नुपर्छ पुरूषहरूको बिचमा नबोल भनेर सुन्दैन…

3 days ago