Categories: बाल कथा

चरीको वियोग

मातृ औंसी विशेष


राजन् कार्की
धरान सुनसरी

“रामरी बस ल !”
माउले बचेरालाई सुम्सुम्याउँदै भनी।
“आमा ! तपाईँ कता जाने हो र ?” बचेराले सशंकित हुँदै भन्यो।
“म तिमीहरूलाई खानेकुरा खोज्न परदेश जानलागेको!” माउले मायालु भाकामा बचेरालाई फकाउने प्रयास गरी।
“मिठो मिठो खानेकुरा ल्याउनु है आमा!” अर्को वचेराले आग्रह गर्यो।
“हुन्छ बावु हुन्छ ! परदेश गएर मिठो मिठो खानेकुरा लिएर आउँछु ल !” माउले बचेरालाई ढाडस दिँदै भनी।
“अनि कैले आउँछ्यौ आमा?” बचेराले द्रवित हुँदै जिज्ञासा राख्यो!
“म काफल पाकेपछि काफल लिएर आउँछु अनि खानुपर्छ ल !” माउले फकाउने भाकामा जबाफ दिई । मिठो खानपाउने आशामा मुख मिठ्याउँदै बचेरा भुसुक्क निदाए।
बिउँझदा आमा छेउमा नदेख्दा बिचरा बचेरा छटपटाउन थाले । उनीहरुलाई सपना झैं लाग्यो।
वन भरी काफल पाकीसकेको थियो, तर आमाको अत्तो पत्तो थिएन।
मातृ वियोगमा वनको कुना कुना भौँतारिए, आमा कतै नभेटिँदा रूँदै अलाप्न थाले- “आमा! काफल पाक्यो!!”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“सन्तानको मायाँ”

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…

13 hours ago

हलो

सालिक राम सत्याल बाँके ३ खजुरा हाल = मलेसिया बाजे हलो किन धुलोले छोपिएको ?…

14 hours ago

श्रावण १५

  हेमराज अधिकारी श्रावणको वर्षाले धर्तीलाई हरियाली दिन्छ, तर मानिसको हृदयलाई हराभरा बनाउने काम उसकै…

14 hours ago

“गुरु पूर्णिमा”

लालबहादुर भुजेल पहिलै पहिलै हिन्दू धर्म संस्कृतिकाे पढाई, गुरूकुलमा हुने गर्थ्याे लेखाई र सिकाई !…

2 days ago

गुरु

हेमराज अधिकारी सूर्यले बाहिरी संसार उज्यालो बनाउँछ, गुरुले भित्री चेतनालाई उज्यालो बनाउनुहुन्छ। जन्म दिने माता–पिताले…

2 days ago

माटोको ढिस्को

अन्जु शर्मा रातोपुल मूर्तिका आँखाबाट आँसु खसे। उसले ढोकाबाट अवलोकन गर्दै गरेका मूर्तिकारलाई नमन गर्दै…

2 days ago