Categories: बाल कथा

आवश्यकता


कमला भण्डारी ढकाल

आमा के ल्याइदिउ ?
घर आउने समयमा परदेशबाट फोन गरेर छोराले सोध्यो। राम्रो सङ्ग आउ बाबु तिमी आए पुग्छ आमाले भनिन् ।
भन्नु न भन्नु केही त भन्नु छोराले कर गर्यो ! त्यसो भए एउटा तातो कपडा ल्याइदेउ बाबु ।
छोराले मार्केट गएर एउटा महँगो कपडा किन्यो।
आमाको मनले खुशी मान्यो आँखाले बाटोमा नजर बिच्छ्याए । केही दिनमा छोरो आयो, घर उज्यालो भयो । छोराले खुशी हुँदै आमाको हातमा तातो कपडा राखिदिदै भन्यो आमा महँगो हो जतन गरेर लगाउनु है । आमाले खोलेर हेरिन, तल देखि माथि सम्म नजर डुलाइन् र मनमनै सोचिन !
बिहानै उठ्नु घर धन्दा अनि गाईबस्तुको काम सक्नु घाँस काट्न जानु आउनु खाना बनाउनु खानु जुठोभाडो गर्नु, दिउँसो खेतबारी जानु खनि खोस्री गर्नु, साँझ उस्तै काम यो तातो कपडो कति बेला लगाउनु फेरि ! कुटानी पिसानी गर्न जाँदा यो लगाएर बोरा बोक्नु धुलाम्ये बनाउनु अँह मिल्दैन न पछ्यौरा हुन्छ न स्विटर !
अन्त्यमा सोधिन् – बाबु यसको नाम के हो ?
छोराले भन्यो – कोट आमा विदेशीहरुले यस्तै लगाउछन् ।
पुष माघको ठिहिमा चिसो छेक्ने न्यानो बनाउने कपडा होइनरछ यो बरु साटेर चोलो किन्न मिल्दैन छोरा ?

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

8 hours ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

8 hours ago

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

1 day ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

1 day ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

1 day ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

2 days ago