दुर्गा वनवासी
एउटी गरिव, विधवा आमाले एकपटक आफ्ना छोराछोरीहरुका लागि एउटा मात्र गुडिया किनिदिएर मिलेर खेल्न भनिन् । आमा काममा गएपछि तिनीहरु त्यो खेलौनासँग खेल्न तयार भए तर छिट्टै नै लुछाचुँडी सुरु भयो।
तानातान र खोसखोसमा तिनका साथीहरुले पनि आ-आफ्ना साथीलाई साथ दिए । परिणामत: गुडियाको एउटा आँखा एउटाको हातमा आयो, एउटा कान अर्कोले लग्यो। पुच्छर चुँडिएर एउटाको हातमा परयो, खुट्टाहरु पनि अलग अलग हातमा परे । भुवा छरिएर भूईँभरि । हेर्दाहेर्दै खेलौना त कुरूप ,विभत्स र अस्तित्वहीन भयो।
आवेगमा आएर गरेको झगडाले त्यति राम्रो गुडिया नस्ट भएको देखेर तिनीहरु अत्यन्तै दुखी भए। उदास आँखाहरुले त्यो विरूप गुडियालाई हेरेर टोलाउन थाले तर निक्कै ढिलो भइसकेको थियो।
पुण्यप्रसाद घिमिरे दाेलखा तलबाट दशैँ आउँदैछ, ममाथि जाँदैछु मसला चामल तेल, डाेकामा लाँदैछु। बाबा परदेश…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर-६, दाेलखा सिकामा काँक्राे छैन उखुकाे लाँक्राे छैन, टालटुल माटाे न कमेराे मकैकाे…