Categories: कविता

“मेराे दशैँ”


पुण्यप्रसाद घिमिरे
दाेलखा

तलबाट दशैँ आउँदैछ, ममाथि जाँदैछु
मसला चामल तेल, डाेकामा लाँदैछु।
बाबा परदेश भासिए, आमा मेला पात,
कखरा सम्झदैछु हिंड्दै, पसिनाका साथ।

एकपाेकामा नून छ, अर्काे पाेका नाना,
दशैँ आयाे खाउँलाकाे,गाउँदैछु गाना।
भारी बाेकेर उकाली चढ्नलाई कठिन,
म सानाे पुन्टे बालक, धेरै बाेक्न सक्दिन।

बहिनी हेर्दै हाेली बाटाे, दादा आउ भनेर,
आमाले ढिंडाे दिन्थिन् बाबु खाउ भनेर।
बाबाले नि संझेहाेलान्, लाला बाला र घर,
संझी आँसु खस्याे हाेला, गएकाछन् परपर।

छिमेकी ठुले काकुले, लिङ्गे ठड्याए हाेलान्
डाेरी झुण्ड्याई पिङ, काम्टा अड्याए हाेलान्।
भरे बेलुकासम्म त, पुग्छु हाेला म घर,
तिम्राे के छ दशैँ साथी, मेराे यस्तै खबर।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

15 hours ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

16 hours ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

16 hours ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

2 days ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

2 days ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

3 days ago