Categories: बाल कथा

“आशाको आँसु”


दुर्गा घिमिरे

आज विद्यालयमा नतिजा प्रकाशित हुने दिन थियो। बिहानैदेखि विद्यालयको वातावरण निकै चहलपहलपूर्ण देखिन्थ्यो। विद्यालयको आँगनमा अभिभावकहरूको भीड थियो। कसैको अनुहारमा उत्साह, कसैको चिन्ता, त कसैको गर्व झल्किन्थ्यो।
दीपा पनि आफ्ना साथीहरूसँग उभिएकी थिइन्। उनको मुटु छिटो–छिटो धड्किरहेको थियो। “मेरो रिजल्ट कस्तो आयो होला ?” भन्ने सोचले उनलाई सताइरहेको थियो।
“दीपा, तेरो ममी आएकी छिन् ?” उसकी साथी सुमनाले सोधी।
दीपाले टाउको निहुराउँदै बिस्तारै भनिन्, “छैनन्… उहाँ त आज पनि मेलामा काम गर्न जानुभएको छ।”
“किन त ? आज त महत्वपूर्ण दिन हो नि !” सुमनाले आश्चर्य मान्दै भनिन्।
दीपाले हल्का मुस्कान दिन खोजिन्, तर आँखा रसाए, “काम नगरे बेलुकी खान पुग्दैन… त्यसैले जानुपर्छ उहाँलाई।”
त्यत्तिकैमा शिक्षकले सबैलाई नतिजा लिन बोलाए। सबै विद्यार्थीहरू उत्साहित हुँदै आफ्नो-आफ्नो रिजल्ट लिन दौडिए। केहीबेरमै खुशीका आवाजहरू गुञ्जिन थाले— “म पहिलो भएँ !” “म पास भएँ !” “बधाई छ !”
अभिभावकहरूले आफ्ना छोराछोरीलाई अँगालो हाल्दै प्रशंसा गरिरहेका थिए।
तर दीपा भने एक कुनामा गएर चुपचाप बसिन्। उनको हातमा रिजल्ट थियो—उनी राम्रो अंकले उत्तीर्ण भएकी थिइन्। तर त्यो खुशी बाँड्ने कोही थिएन। उनका आँखा भरिए। उनी मनमनै बोलिरहेकी थिइन।
साँझ, घर पुग्दा उनकी आमा थाकेको शरीर लिएर फर्किएकी थिइन्। दीपाले दौडेर उनको काखमा समातिन्।“आमा ! मेरो रिजल्ट आयो!” “कस्तो आयो, छोरी ?” आमाले चिन्तित हुँदै सोधिन्।
दीपाले खुसी हुँदै कापी अगाडि सारिन्।
आमाले हेर्नासाथ आँखा चम्किए— “वा! मेरो छोरी त कति राम्रोसँग पास भइछे !”
आमाले दीपालाई अँगालो हालिन्।
“म आउन सकिनँ भनेर नरुनु है… तर तिमीले आज मलाई धेरै गर्व गरायौ।”
दीपाको आँखा फेरि रसाए, तर त्यो आँसु दुःखको होइन—खुशी र गर्वको थियो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

18 hours ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

19 hours ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

19 hours ago

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

2 days ago

“पश्चाताप”

माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…

2 days ago

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो

काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…

2 days ago