वसन्ततिलका
आषाढ दिव्य महिना खनजोत गर्न
जान्छन् सधैँ कृषक झिस्मिस अन्न छर्न
मानो छरेर अहिले पछिको मुरीमा
आशा उमार्छ निज दैनिक आतुरीमा।१
बन्ने हली पनि उही बिउ बोक्न जाने
आली लगाउँछ उही भल थुन्न जाने
होला र फुर्सद कतै दिनरात बार
साँच्चै म देख्छु जहिल्यै रहने हतार।२
आषाढ साउन भदौ यति तीन मैन्हा
साह्रै महत्त्व जहिल्यै अरू मुख्य हैन
रोपिन्छ अन्न पछि मङ्सिर डाक्नलाई
यो सृष्टि चल्छ बुझ उत्सव हो मलाई।३
गाई दुहुन्छ दुहुनो पर गोठमा छ
मीठो दही छ कलिलो खुब ओठमा छ
कुट्दै ढिकी र चिउरा अनि साथ केरा
होला मजा पछि यहाँ भन सम्झना छ।४
पाषाण चित्त जुन हो यसले पगाली
वर्षा र ग्रीष्म सजिलै कृषिले अँगाली
आनन्द उत्सव मिलाउन पर्व ल्याए
आषाढ पन्ध्र यसरी उहिले मनाए।५
कृष्णशरण उपाध्याय पौडेल बाढी आइरहेछ गाउँ घरमा, चीत्कारमा देश छ गाना गाइरहेछ मृत्यु डरमा -…
इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…
राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…
शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…