नन्दलाल आचार्य
“म यो घरको छोरी मात्र होइन, आफ्नै भविष्यकी मालिक पनि हुँ।”
सविताको शान्त तर दृढ स्वरले कोठाको मौनता भत्कियो । बाबुको हातमा चियाको गिलास अडिएकै ठाउँमा रह्यो ।
सविताले स्नातकसम्मको पढाइ पूरा गरिसकेकी थिई । घरमा फेरि पुरानै कुरा सुरु भएको थियो- ‘अब उमेर बित्यो, घरजम गरिदिनुपर्छ।’
केटापक्षको प्रस्तावमा सम्पत्ति र सामाजिक हैसियतको हिसाबकिताब चलिरहेको थियो, तर सविताको चाहना र करियरबारे कसैले सोधेको थिएन।
“तिमीले कुरा कस्तो नबुझेको ? राम्रो घरपरिवार पाएर ढुक्क होला भनेको त !” बाबुले स्वर नरम पार्दै सम्झाउन खोजे ।“बाबा, ढुक्क त तब हुन्छु, जब म आफ्नै खुट्टामा उभिएर केही गर्छु । विवाह मेरो बाध्यता वा सम्झौताको विषय होइन, रोजाइको विषय हो ।” सविताले बाबुको आँखामा आँखा जुधाएर भनी।
बाबु केहीबेर चुप लागे । उनले सविताको अनुहारमा डर होइन, आत्मविश्वास देखे । वर्षौँदेखि ‘छोरीलाई नियन्त्रणमा राख्नुपर्छ’ भन्ने नाममा आफूले लगाएको अदृश्य बार उनलाई आज उनलाई साँघुरो लाग्यो।
बाबुले बिस्तारै चियाको गिलास टेबुलमा राखे र भने, “ठीक छ छोरी, तिम्रो पढाइ र सपना नरोकिने गरी नै कुरा गरौँला।”
सविताको ओठमा हल्का मुस्कान फैलियो । घरको आँगनमा पहिलोपटक बिद्रोह बिना नै परिवर्तनको घाम झुल्किने गरी बाबुले केटापक्षसँग फोनमा भने; “छोरीको चाहनाविपरीत हामी कुनै कदम चाल्दैनौँ।”
आत्माराम न्यौपाने बाच्छाहरूले अनि माहुरीले बोल्दा सुन्यो एक कुनै सुरीले खोसेर खाएपछि श्राप लाग्छ चोरेर…
रञ्जुश्री पराजुली पञ्चकको पाँचै दिन रमाईलो हुन्छ काग कुकुर गौमाता सबको पुजा हुन्छ दिदीबैनी दाजुभाइ…
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान(सिजप)को आयोजनामा आज सुदूरपश्चिम प्रदेशमा बालविवाह अन्त्यका लागी प्रदेश स्तरीय नीतिगत…
आशिष चाैधरी "अजनबी" बर्दिया हेमन्त ऋतु सँगै चिसाे आयाे, हेर साँझ बिहान जाडाे छायाे। भन्नुहुन्छ…
राजेन्द्र परदेसी हजुरबा गाउँबाट आउँदा नाति विकास सबैभन्दा खुसी थियो। उसले बुबासँग जिद्दी गरेर हजुरबाका…