बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान(सिजप)को आयोजनामा आज सुदूरपश्चिम प्रदेशमा बालविवाह अन्त्यका लागी प्रदेश स्तरीय नीतिगत संवाद कार्यक्रम धनगढी,कैलालीमा सम्पन्न भएको छ । प्लान इन्टरनेसनल नेपालको सहयोगमा आज आयोजना भएको कार्यक्रममा बालविवाह अन्त्यका लागि प्रदेश, स्थानीय तह र अन्य सरोकारवाला निकाय बिच सहकार्य वृद्धि को विषयमा विभिन्न सरोकारवालाहरुको सहभागीता छलफल कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमको अध्यक्षता बाल अधिकारको लागी संसदीय मंचका संयोजक माननीय ललिता सुनारले गर्नु भएको थियो भने प्रमुख अतिथी सामाजिक विकास मन्त्री माननीय सन्तोष थापा(शर्मा) हुनुहुन्थ्यो । कार्यक्रममा अतिथीको रुपमा मा. इन्दिरा गिरी,राज्य मन्त्री, उध्योग,पर्यटन,वन तथा वातावरण ,मा. जानकी देवी कुवर,राज्य मन्त्री,भौतिक पुर्वाधार विकास ,मा. जानकी एयर वम, राज्यमन्त्री,आर्थिक मामिला ,मा. अक्कल बहादुर राना,सभापति, लेखा समिति ,मा. तुलसी देवाकोटा,सभापति,विशेष अधिकार समिति र प्रदेशसभाका सदस्यहरु मा. मधु भारती ,मा. लक्ष्मी वि.क ,मा. गिता चौधरी ,मा. जुना दानी र मा. खेमा विष्टको सहभागिता रहेको थियो ।
त्यसै गरी राष्ट्रिय मानअधिकार आयोग,सुदूरपश्चिम प्रदेश कार्यलय बाट मानव अधिकार अधिकृत देवराज न्यौपाने,सामाजिक विकास मन्त्रालय बाट महिला विकास अधिकृत प्रतिभा श्रेष्ठ, बाजुराको स्थानीय तहहरु बाट समेत सहभागिता रहेको थियो । साथै विकासका साझेदार संस्थाबाट ६ जना,किशोरकिशोरी २ जना, बाल अधिकार संजालहरु बाट ६ जना,विभिन्न संघ,संस्था, मिडियाकर्मी,सुरक्षानिकाय आदि बाट सहभागीता रहेको थियो ।
कार्यक्रममा विषय विज्ञको रुपमा केन्द्रिय बाल कल्याण समितिका पूर्व कार्यकारी निर्देशकले सुदूरपश्चिम प्रदेशमा बालबालिकाको वर्तमान अवस्था,बाजुरा जिल्लाको बडीमालिका नगरपालिका,बुढीगंगा नगरपालिका,त्रिवेणी नगरपालिका,गौमुल गाउँपालिकाको नीतिगत अबस्था, प्रदेशको जनसङ्ख्या, बालबालिकाका लागि विनियोजित बजेट, लक्षित कार्यक्रम तथा हालसम्म प्राप्त उपलब्धि र चुनौतीका विषयमा जानकारी गराइएको थियो। प्रस्तुत तथ्य र अवस्थामाथि सहभागीहरूले आ-आफ्नो धारणा राख्दै बालबालिकाको क्षेत्रमा भइरहेका प्रयासलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका थिए।
संवादका क्रममा सहभागीहरूले बालविवाह अन्त्यका लागि सरकार, निजी क्षेत्र, नागरिक समाज, सञ्चारमाध्यम र स्वयं बालबालिकाको भूमिका महत्वपूर्ण हुने धारणा राखेका थिए। बालविवाहलाई सामाजिक समस्याका रूपमा मात्रै नहेरी यसको अन्त्यका लागि नीतिगत व्यवस्था, प्रभावकारी कार्यान्वयन र समुदायस्तरबाटै सचेतना आवश्यक रहेको विषयमा जोड दिइएको थियो।
बालविवाह न्यूनीकरणका लागि नीति निर्माण गर्नु मात्रै पर्याप्त नहुने भन्दै त्यसको कार्यान्वयन, स्थानीय तहसम्मको पहुँच र सरोकारवाला निकायबीचको समन्वयलाई प्रभावकारी बनाउनुपर्ने विषय पनि संवादमा उठाइएको थियो।
यस कार्यक्रमको सहजीकरण सिजपका अध्यक्ष तिलोत्तम पौडेलले गर्नु भएको थियो भने स्वागत मन्तव्य सिजपको सदस्य संस्था सि.डी.सी डोटीका एक राज बडूले गर्नु भएको थियो।
रञ्जुश्री पराजुली पञ्चकको पाँचै दिन रमाईलो हुन्छ काग कुकुर गौमाता सबको पुजा हुन्छ दिदीबैनी दाजुभाइ…
आशिष चाैधरी "अजनबी" बर्दिया हेमन्त ऋतु सँगै चिसाे आयाे, हेर साँझ बिहान जाडाे छायाे। भन्नुहुन्छ…
राजेन्द्र परदेसी हजुरबा गाउँबाट आउँदा नाति विकास सबैभन्दा खुसी थियो। उसले बुबासँग जिद्दी गरेर हजुरबाका…
शरद गौतम घाेराही१५,दाङ्ग "बाबू गएर मैले खाने औषधि र दमको रोगमा तान्ने क्याप्सुल वजारबाट किनेर…
आशिष चाैधरी "अजनबी" बर्दिया गरिबी कस्ताे हुन्छ,मलाई पनि थाहा छ। त्याे समय भाेगेर देखेर अभावका…