Categories: बाल कथा

उज्यालो


लता के.सी.
तीनकुने, काठमाडौँ

“जताततै कोलाहल, अशान्त, बैमन्यता र अध्याँरोले बास गरेको यो देशमा त के बस्नु खै ?” आशाले आमासमक्ष मनभित्रको व्यथा पोखी।
छोरीका कुरा सुनेर आमा निरास भइन्। दिक्क मान्दै भनिन्, “साथमा भएकी एउटी छोरीले पनि विदेश ताकेपछि म बुढीको के हालत होला त ? न जा छोरी , यतै जे जसो होला ?”
उसले तर्क गरी, “आमालाई एक्लै छोडेर जान त मेरो मन नि कहाँ मान्छ र ? तर पनि समय र अवस्था हेर्दै कति रोएर बस्नु ? मेरो सिँङ्गो जीवनको सवाल छ ।”
उनी शब्दहीन भइन् । खुइ…. य गर्दै आराम गर्न कोठातिर लाग्दै थिइन् , पाँच वर्षदेखि जापानमा बसेको छोराको फोन आयो । आमाछोराले दुख सुखका बातचित गर्दै थिए । आशाले फोन खोसेर दाजुसमक्ष भनी ,”म पनि अस्ट्रेलिया जान्छु दाजु !”
उसले बहिनीलाई सम्झायो, “म पनि यहाँ सुखी कहाँ छु र ? बुबाको मृत्यपछि तिमीहरूको खुसहाल जीवनको लागि दुःख गरिरहेको छु । एक्लै आमालाई हामी दुबै सन्तानले छाड्नु हुँदैन । अर्काको देश , बाँच्न गाह्रो छ बहिनी ! विदेश उडने विचार नगर् ।”
बहिनीले आक्रोस पोखी, “म बिहे गरेर गएँ भने आमालाई कसले हेर्छ नि ?”
दाजुले हाँस्दै भन्यो, “पीर नगर बहिनी ! उज्याँलोको पर्व तिहार भित्रिदै छ । यो तिहारले हाम्रो जीवनमा पनि अवश्य उज्यालो ल्याउँनेछ ।”
दाजुको फोनमा अचानक भाउजूको स्वर सुनियो,”हामी पनि यो तिहारमा सधैँका लागि आफ्नै मातृभूमि फर्किदै छौँ, नानी !”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

3 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

3 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

1 day ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

1 day ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

3 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

3 days ago