शान्ता शाक्य
धापाखेल,ललितपुर
“तिमी चुप लाग।” “लाग्दिन।” “मेरो साथी तिम्रो साथीभन्दा चञ्चल छ।”
“होइन क्या ! मेरो साथी तिम्रोभन्दा धेरै चञ्चल छे।”
“हो क्या।” “होइन क्या। ” “होइन, आँगनमा बसेर हो होइन भनेर किन कराइराख्या हँ ?”
“हेर्नुस् न आमा , मैले साँचो कुरा भन्दा पनि भाइले आफ्नै कुरा सही हो भनी जिद्दी कस्छ”। अनुहार ठुस्स पारेर भनी।
मैले सम्झाउने पारामा दुबैलाई हेर्दै भनें – “होइन छोरी , भाइले भनेको कुरा पनि त सही हुन सक्छ नि ।”
“मेरी साथी चञ्चली सबै साथीहरूमध्ये चञ्चल छे। साह्रै चञ्चल भएर नै उसको नाम चञ्चली राखिएको रे,उसकी आमाले भन्नुभएको । त्यसैलै मैलै भनेको कुरा सही हो भनेकी नि।”
“होइन, भाइको साथी पनि त ऊभन्दा चञ्चल हुनसक्छ नि।”
मेरो कुरा सुनेर छोरीले मुख फुलाएर रिसाउँदै भनी – “आ !! आमा पनि सधैँ भाइकै कुरामा समर्थन गर्नुहुन्छ।”
मैले सम्झाउँदै भनें-” समर्थन ग-या होइन छोरी । तिमीहरूलाई थाहा नहुन सक्छ । एउटा कुरा सबैभन्दा चञ्चल हुन्छ। घोडालाई लगाम लगाएर आफ्नो वशमा पारेजस्तै हाम्रो स्मृतिको डोरीले त्यसलाई बाँध्नुपर्ने हुन्छ।”
उत्साहित हुँदै दुबैजनाले एकैचोटि सोधे- “के कुरा हो त्यो ? छिटो भन्नुस् न आमा । अघि नै किन नभन्नुभाको ?”
“अँ, पहिला तिमीहरूको कुरा सुनूँ अनि मात्र भनुँला भनेर नि।”
दुबैले सोधे-“छिटो भन्नुस् न त आमा,के हो त्यो सबैभन्दा चञ्चल ?”
मैले हाँस्दै भनें-“त्यो हो मान्छेको मन ।”
रोहिणि रसिक आफ्नै बगैँचाभरि लालुपाते गोदाबरी फूल फुले मजाले खोज्लान् र को इङ्लिस फूल किन्न…
मचिन्द्र खत्री म लागेँ माइत आज हो औँसी पिताजी भेट्नु छ तिर्सना मीठो त्यो बाल्यकालको…
बलराम दंगाल रत्ननगर,चितवन हाल-अष्ट्रेलिया आज दिउँसो पुरानो हाजिरी पुस्तिका पल्टाउँदै गर्दा उनको नजर अर्जुनको नाममा…
वसन्त अनुभव वसन्तविहार,घोराही सबै साथी मिलेर श्रम आज गरौँ न, आफ्नो देश आफैँ नै सीपले…
धनराज सिलवाल ज्ञानी बन छात्र -छात्रा बढाउँदै आफ्नो ज्ञान बोक लक्ष चन्द्र छुने बढाउँदै आफ्नो…