प्रह्लाद दवाडी
लिङमो पेपथाङ्,दक्षिण सिक्किम
“आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु” सानीले बाख्राका पाठा खेलाउँदै भनी। “किन सानी ?” तिखेले जिज्ञासा पोख्यो। “आज हाम्रो घरमा मिठो खाने दिन हो।” सानीले रहस्य खोली। “हामीलाई चैँ किन ?” तिखेको खुट्टा तान्दै सानीले निश्छल मन खोली। “मेरो खेल्ने साथीहरू हौ तिमीहरू। औधी माया लाग्छ अनि ।” लामकानेले नाच्दै खुशी भावमा सोध्यो। “साँच्चै ? होइन होला ?” “हो नि मेरो साथी अरू को छ र।” सानीका आँखा रसाए। उ भावुक भई। “घरकाले त पाठा बाहिर निस्किएछन्, बदमास गर्छन् भन्छन् त।” तीखेले टाउकोले सानीको पाखुरा ठेल्दै प्रश्न तेर्सायो। “होइन नि। बाबा आमाले त झन् बेसी माया गरेर सबैलाई खोरमा दाना खुवाउनु हुन्छ।” सानीको साक्षी विश्वासिलो थियो। “अनि तिमीहरु चैँ के मिठो खान्छौ त आज?” पाठाले मुख मिठ्याउँदै सोधे। “आज बेलुका मामा माइजू आउनु हुँदैछ नि।” सानीले खुशी हुँदै सुनाइ । “मामा माइजूलाई चैँ के खुवाउने ?” लामकाने खुशी हुँदै सानी सँग दलियो। सानीले लामकानेलाई काखमा राख्दै भनी “बाबाले खोरको एउटा खसी काट्ने कुरा गर्नु हुँदै थियो।”
रोहिणि रसिक आफ्नै बगैँचाभरि लालुपाते गोदाबरी फूल फुले मजाले खोज्लान् र को इङ्लिस फूल किन्न…
मचिन्द्र खत्री म लागेँ माइत आज हो औँसी पिताजी भेट्नु छ तिर्सना मीठो त्यो बाल्यकालको…
बलराम दंगाल रत्ननगर,चितवन हाल-अष्ट्रेलिया आज दिउँसो पुरानो हाजिरी पुस्तिका पल्टाउँदै गर्दा उनको नजर अर्जुनको नाममा…
वसन्त अनुभव वसन्तविहार,घोराही सबै साथी मिलेर श्रम आज गरौँ न, आफ्नो देश आफैँ नै सीपले…
धनराज सिलवाल ज्ञानी बन छात्र -छात्रा बढाउँदै आफ्नो ज्ञान बोक लक्ष चन्द्र छुने बढाउँदै आफ्नो…