Categories: बाल कथा

विवेक


बलराम दंगाल
रत्ननगर,चितवन
हाल-अष्ट्रेलिया

“आज घटस्थापना।”
खोरमा बाँधिएका खसी र बोकाबीच संवाद चल्यो।
खसीले विरक्तिदै सोध्यो, “मित्र, दशैँमा हाम्रो घाँटी काटेर मानिसहरू किन खुसी हुन्छन्?”
बोकाले दुःखी हुँदै भन्यो, “रे, हामीलाई बलि दिनु धर्म र परम्परा हो भन्छन्।”
खसीले फेरि सोध्यो, “हामीलाई पनि बाँच्न मन लाग्छ, पीडा हुन्छ भन्ने कुरा उनीहरू बुझ्दैनन्?”
बोकाले लामो सास फेर्दै भन्यो, “आफ्नो पीडा बुझ्ने, अरूको पीडा नबुझ्ने मानिसलाई विवेकशील कसरी भन्ने?”
त्यत्तिकैमा एउटा बालक खोरनजिक आयो र बुबालाई सोध्यो, “बुबा, दशैँमा सबैलाई खुसी हुनुपर्छ भने यी निर्दोष जनावरलाई किन मार्ने?”
खसी र बोका चुपचाप बालकतिर हेरिरहे।
बालकका आँखामा प्रश्न थियो, बुबाको ओठमा मौनता।
खोरभित्रका ती निरीह र निर्दोष आँखाहरूले सोधिरहेका थिए— “आफ्नो खुसीका लागि अरूको जीवन खोस्ने मानिस साँच्चै विवेकशील हो?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय

मन्त्री सिता बादीको उपस्थितिमा विद्यालय सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर ललितपुर, असोज ३०। भोटेकोशी रसुवा बाढीबाट…

11 hours ago

नटालिने छिद्र

महेन्द्र न्यौपाने लोकन्थली,भक्तपुर “एउटी किशोरीको दिनदहाडै बलात्कार भयो त?” एक पत्रकारले एआईलाई सोधे। “यो दण्डहीनताको…

11 hours ago

मुकुण्डो

सालिक राम सत्याल बाँके ३खजुरा, हाल-मलेसिया हरिप्रसादको समाजसेवाको चर्चा गाउँदेखि सहरसम्म फैलिएको थियो। गरिबका पीडामा…

11 hours ago

अबला

फिराक गोर्खाली गुवाहाटी असम “होइन हो दाइ, तपाईँ कार्यक्रममा आउनुभएन त ?” “बहिनी, समय नै…

2 days ago

“कान्छो रमायो”

रमेशचन्द्र घिमिरे पानी पर्न छोडेर अब घमायो दसैँ आइसकेछ कान्छो रमायो बाको हातमा कापी र…

2 days ago

अबगाल

महेन्द्र नेउपाने लोकन्थली, भक्तपुर “आज नाति केटाले कम्ता गाल पारेन।” दसैँ मान्न घर आएको दस…

2 days ago