Categories: बाल कथा

“खुसि”

दिनेश खत्री

कलकल गर्ने ती खाेला छङछङ गर्ने तिनै छहरा सधैं लुकमारी गर्ने तिनै पाखाँ पखेरा मेराे दिनचर्या प्रायः दैनिकी नै थियोे । हरियाली जङ्गल तिनै जङ्गलमा घाँस दाउरा तिनै जङ्गलमा गाेरु बाख्रा लिएर जाँदाकाे पल कहाँ सजिलै भुल्न सकिदाे रैछ र याे मन त हाे जति धन सम्पत्ति भए पनि जस्तै बस्ने राज महल भए पनि आखिर हुर्केको र खाई खेलि गरि आएकाे ठाउँ तेही धुलाे माटाे जस्तै फाेहाेर भएपनि बिहान उठ्ने बित्तिकै दिशा गर्न पाखाँ भिता दैडिएकाे पल खै म कसरी भुल्नु।
बिहानै सात बजे खाना खाएर तीन घण्टाकाे बाटाे हिँडेर स्कुल जादा र भाेकले पेट बटारिदा बटारिद‌ हिड्दाकाे पल बिहान जाँदा त ठिकै बेलुका फर्कदा भने कठिन करिब पाँच वर्ष बितेकाे क्षण भुलिहाल्न भने सकिन ।
केही मेरा साथी डा. त एक जना मात्र भए। काेही सेना पुलिस काेही शिक्षक र विदेश पनि गएछन न अहिले सम्पर्क  छ। कहिलेकाही यसाे याद आउँदा एक दुई जनासँग कुरा हुँदा ती पलहरुकाे सम्झनामा सिमित गरिन्छ, गरेर साध्य पनि नहुने रैछ ।
उमेर पुगे पछि संसार आफ्नै किसिमकाे हुँदाे रैछ बिहेवारि घर ,समाज यस्तै यस्तैमा जीवन फगत तरिकाले बित्दाे रैछ।
सबैभन्दा सुख नै त्यही धुलाे ,बन , जङ्गल गर्दा हुँदाे रैछ आखिर ट्वाईलेट , प्यासेज जति सुकै चिल्ला मार्वल ,टायल भए पनि खुसि भने नदिने रैछ जति गुन्द्रुक र ढिँढाेमा खुसि मिल्छ त्यति मार्सि चामालमा नमिल्ने रैछ । जति सुकै कङ्क्रिटकाे अलिसान महल भन्दा गाउँकाे त्यै झुपडीमा आनन्द र खुसि हुने रैछ ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

16 hours ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

16 hours ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

3 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

3 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

3 days ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

4 days ago