Categories: बाल कथा

“कोटा”


बाबुराम पराजुली “अविरल”
सुर्खेत

मसँग बहुत मिल्ने साथी सतिस ऊ अलि पढाईमा कमजोर थियो। उसको पढाई जति कमजोर थियो त्यति मेरो आर्थिक अवस्था। नजानेका कुराहरु सिकाउन मैले उसलाई कहिल्यै कन्जुस्याई गरिन । उसले पनि मलाई आफूसँग भएको पैसा खर्च गर्न र मेरो भोको पेट भर्न कन्जुस्याई गरेन।
ऊ बल्ल -बल्ल पास त हुन्थ्यो तर कहिल्यै प्रथम ,द्वितीय भएन। हामीले खरिदारको परीक्षा पनि सँगै दियौँ।
परीक्षा हलबाट निस्केर आफ्नो मुल्यांकन गर्यौ। उसको भन्दा मेरो उत्तरहरु धेरै मिलेका थिए। यदि त्यो परीक्षामा म फेल भै हाँले भने, खाडी मुलुक हन्नीएर भएपनि परिवारको जिम्मेवारी धान्नुपर्ने बाध्यता थियो।
ऊ पास वा फेल जे भएपनि परिवारले जापान वा अस्ट्रेलिया पठाउने तयारी गर्दै थिए।
अन्ततः नतिजा आयो। म फेल भएँ ऊ पास भयो। तर कसरी? एकछिन सोचे पछि पो याद आयो, “ऊ दलितको छोरो थियो, म बाहुनको छोरो।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

15 hours ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

16 hours ago

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

16 hours ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

16 hours ago

चञ्चल

शान्ता शाक्य धापाखेल,ललितपुर "तिमी चुप लाग।" "लाग्दिन।" "मेरो साथी तिम्रो साथीभन्दा चञ्चल छ।" "होइन क्या…

3 days ago

बतास चलेको त्यो रात….!

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…

3 days ago