राजन कार्की (पाजु)
धरान सुनसरी
“चम्पे ए चम्पे ! कहाँ मुन्टीछे यो ? बोल्दिन त !”
बाहिर आँगनमा बावुको मातेको श्वर सुनेर झटपट किताव कपी झोलामा कोचेर डरले काम्दै, ” हजुर !” भन्दै चम्पा बाहिर निस्किइ।
“भात पकाईस् ?” उसले राता आँखा पारेर खाउँला झैँ गरेर झम्ट्यो !”
पत्नीले छाडेर गएपछि बिस्नेले पनि गति छाड्न थालेको थियो, चम्पा, सानै थिई ! ऐले दस वर्षकी भै,कक्षा पाँचमा पढ्छे। सकेर त हैन बाध्यताले भात पकाएर खाईवरी स्कुल जान्थी !
“के पकाउनु, केई रैनछ त !” उसले अर्वालीको खाँवोको आड लागेर कम्पित स्वरमा जवाफ दिई। बिस्ने लडखडाउँदै दलानमा उक्लियो र खाटमा डङ्ग्रङ्ग पल्ट्यो।
यत्तिकैमा स्कुल जान साथीहरू आइपुगे ; ऊ पनि झोला बोकेर पछि लागी !
“त्यो गैराघरे बिस्नेकी छोरी चम्पेको पनि बिजोकै भो हौ !” हरेले दयाभाव देखाउँदै भन्यो।
स्कुल नजिकै पिपलको फेदनेर सुन्तलिको स्यानो पसल, दिनको गर्मिमा सँयल ताप्दै गफमार्न गाउँका जम्मा हुन्छन त्यहाँ।
“त्यै त भन्या ! आमा भएजस्तो कहाँ हुँदो रैछ र , विचरा, तेत्री छे आफै भात तिहुन गरेर स्कुल जान्छे, कैले त भोकै जान्छे रे, बाउको त्यो गति छ मलाई त सम्झिदै भक्कानिएर आउँछ!”
सुन्तलीले ग्राहकलाई सामान दिँदै दया पोखी !
यतिकैमा स्कुलको छुट्टीको घण्टी बज्यो, अरु केटाकेटी खेल्न उफ्रिन थाले चम्पा भने सरासर घर आई।” ए चम्पा! यता आउ त !” हरेले बोलायो।
“फुङ्ग उडेका केस, झुत्रीयका लिवास, झोलाको कुनाबाट च्याईरहेका किताव, नाङ्गो पैताला जिर्ण शरिर; चम्पा अन्कनाउँदै टक्क उभिई।
“भोक लागेन ? के खान्छ्यौ ?” हरेले दया देखायो।
उ बोलिन!
“केई नखाने त चम्पा ? हरेले फेरी सोध्यो।
खुट्टाको बुढी औँलाले भुइँकोट्याउँदै भनी “उसो भा,एक माना चामल किन्दिनु !”
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…
चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…
फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…