Categories: बाल कथा

गुरुदक्षिणा

सम्पूर्ण गुरुहरूमा हार्दिक नमनका साथै शुभकामना।


अम्बिका धिताल

विद्यालय श्रद्धाले सजिएको थियो। कसैले फूलको गुच्छा बोकेका थिए, कसैले उपहार। सबै गुरुको चरणमा केही न केही चढाउने होडमा थिए।
कक्षाको पछिल्लो बेन्चमा विवेक चुपचाप बसेको थियो। उसका हात खाली थिए। साथीले व्यङ्ग्य गर् विवेकले मौनतामा बसेर नै प्रतिकार गर्दै थियो। घण्टी बज्यो। सबैले पालैपालो गुरुको चरणमा दण्डवत् गर्दैउपहार दिए । विवेकको पालो आयो। उसले निधार झुकाउँदै भन्यो, “गुरु! मसँग चढाउन फूल छैन, उपहार छैन तर आजदेखि तपाईंले सिकाएका सत्य, अनुशासन र इमानदारी सधैँ आत्मसाथ गर्ने प्रण गर्छु।”
गुरु केही क्षण मौन रहे। उनका आँखा रसायो । उनले विवेकलाई अँगालो हाल्दै भने, “बाबु, ‘विद्या धनम् सर्व धनम् प्रदान् ‘। यस धनलाई चरित्रमा रूपान्तरण गर्ने शिष्य नै गुरुको गौरव हो।”
त्यो सुन्नासाथ अरू विद्यार्थीका महँगो उपहारको रिबन आधा फुटे, फूल ओइलाउन थाले तर विवेकको प्रण भने गुरुको मनमा झन् हराभरा हुँदै गयो।
गुरुजीले सबैलाई हेर्दै भने, “गुरुलाई फूल चढाउने शिष्य धेरै भेटिन्छन्, तर गुरुले सिकाएको मूल्य जीवनभर नझार्ने शिष्य विरलै जन्मिन्छन्।”
सबै एकअर्कासँग हेराहेर गर्न थाले।
गुरू पुनः बोल्नुभयो, “ नभुल्नुहोस् इतिहासमा फूल चढाउनेहरूको नाम लेखिँदैन, गुरुको शिक्षाले सत्कर्म गरी बाँच्नेहरूको नाम लेखिन्छ।”
त्यतिकैमा विद्यार्थीहरू मध्येको बिचबाट एक विद्यार्थीको आवाज आयो, “गुरु पूर्णिमा एक दिनको पूजा होइन रहेछ ,जीवनभर सत् चरित्रले तिर्नुपर्ने गुरुदक्षिणा पो रहेछ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

55 minutes ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

1 hour ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

1 hour ago

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

1 day ago

“पश्चाताप”

माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…

1 day ago

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो

काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…

1 day ago