सम्पूर्ण गुरुहरूमा हार्दिक नमनका साथै शुभकामना।
अम्बिका धिताल
विद्यालय श्रद्धाले सजिएको थियो। कसैले फूलको गुच्छा बोकेका थिए, कसैले उपहार। सबै गुरुको चरणमा केही न केही चढाउने होडमा थिए।
कक्षाको पछिल्लो बेन्चमा विवेक चुपचाप बसेको थियो। उसका हात खाली थिए। साथीले व्यङ्ग्य गर् विवेकले मौनतामा बसेर नै प्रतिकार गर्दै थियो। घण्टी बज्यो। सबैले पालैपालो गुरुको चरणमा दण्डवत् गर्दैउपहार दिए । विवेकको पालो आयो। उसले निधार झुकाउँदै भन्यो, “गुरु! मसँग चढाउन फूल छैन, उपहार छैन तर आजदेखि तपाईंले सिकाएका सत्य, अनुशासन र इमानदारी सधैँ आत्मसाथ गर्ने प्रण गर्छु।”
गुरु केही क्षण मौन रहे। उनका आँखा रसायो । उनले विवेकलाई अँगालो हाल्दै भने, “बाबु, ‘विद्या धनम् सर्व धनम् प्रदान् ‘। यस धनलाई चरित्रमा रूपान्तरण गर्ने शिष्य नै गुरुको गौरव हो।”
त्यो सुन्नासाथ अरू विद्यार्थीका महँगो उपहारको रिबन आधा फुटे, फूल ओइलाउन थाले तर विवेकको प्रण भने गुरुको मनमा झन् हराभरा हुँदै गयो।
गुरुजीले सबैलाई हेर्दै भने, “गुरुलाई फूल चढाउने शिष्य धेरै भेटिन्छन्, तर गुरुले सिकाएको मूल्य जीवनभर नझार्ने शिष्य विरलै जन्मिन्छन्।”
सबै एकअर्कासँग हेराहेर गर्न थाले।
गुरू पुनः बोल्नुभयो, “ नभुल्नुहोस् इतिहासमा फूल चढाउनेहरूको नाम लेखिँदैन, गुरुको शिक्षाले सत्कर्म गरी बाँच्नेहरूको नाम लेखिन्छ।”
त्यतिकैमा विद्यार्थीहरू मध्येको बिचबाट एक विद्यार्थीको आवाज आयो, “गुरु पूर्णिमा एक दिनको पूजा होइन रहेछ ,जीवनभर सत् चरित्रले तिर्नुपर्ने गुरुदक्षिणा पो रहेछ।”
आत्मराम न्यौपाने जल्ले बाँड्नुभयो प्रकाशित दियो सद्ज्ञानको चेतको जल्ले मेट्नुभयो घनान्ध मनको अज्ञान सङ्केतको जल्ले…
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ ताली बज्यो लै लै, ताली बज्यो लै चाँडै उठी बिहानै मुख…
आहान पाैड्याल खेल्ने साथी छैनन् घरमा,मैले ल्याएँ कुकुर कुकुरका छाउरा देख्दा म त हुन्छु फुरुक्क।…