Categories: बाल कथा

छात्रवृत्ति


सुमन कडरिया
चितवन

हरेक वर्षझैँ यस वर्ष पनि विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने निर्णय भयो। विद्यार्थीहरूको नाम सङ्कलन गरियो। आम्दानी, पढाइ र पारिवारिक अवस्थाका आधारमा सूची तयार पारियो।
छात्रवृत्ति छनोट समितिको बैठक बस्यो। प्रधानाध्यापकले सूची हेर्दै भने, “शालिग्रामको नाम किन हटाइयो ?”
समितिका एक सदस्यले सहजै जवाफ दिए, “उसको बुबा त वैदेशिक रोजगारीमा हुनुहुन्छ नि सर। घरको अवस्था पक्कै राम्रै होला।”
त्यत्तिकैमा कक्षा शिक्षकले एउटा कागज टेबुलमा राख्दै भने, “तर उसको बुबा तीन वर्षदेखि घर फर्किनुभएको छैन। गए दुई वर्ष अघिदेखि नै घरमा पैसा पठाउन सक्नुभएको छैन।”
“आमा के गर्नुहुन्छ ?” प्रधानाध्यापकले सोधे।
“अरूको घरमा भाँडा माझ्नुहुन्छ र ज्याला मजदुरी।
कोठामा सन्नाटा छायो।
प्रधानाध्यापकले सूची सच्याउँदै भने, “छात्रवृत्ति गरिब देखिनेलाई होइन, अभावसँग लडेर पनि पढ्न खोज्नेलाई दिनुपर्छ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“हाम्रो अधिकार”

धनराज सिलवाल खाने लाउने पढ्ने सबै हाम्रो अधिकार हो। शान्तिसँग बाँच्न पाउनु हाम्रो अधिकार हो।…

2 hours ago

धौ बजी

जानकी कर्माचार्य हरिसिद्धि, ललितपुर "ए मस्त ! धौ बजी कावाँ । ( ए बच्चाबच्चीहरू !…

3 hours ago

कृष्ण जन्माष्टमी

रामशरण न्यौपाने"पाँचघरे" अत्याचारमा कृष्ण जन्मे कंसको कारागारमा।१। कृष्ण तातैमा पुगे नन्दबाबाको घर रातैमा।२। देखे साराले…

3 hours ago

बाढीको पाठ

लक्ष्मी रिजाल पहिले गाउँलेहरू नदीसँग रिसाएका थिए । हरेक वर्ष बर्खा लागेपछि नदी उर्लन्थ्यो, खेत…

1 day ago

कृष्ण भक्ति गान

विके माकजु भक्तपुर नखाऊ गाल न चोर मखन ओ! बाल गोपाल मन सम्हाल झर्ला पर्ला…

1 day ago

प्रकृतिको कहालीलाग्दो उपहार

शोभा कोइराला कस्तो आपत भोग्नु पर्दछ हरे प्राणीहरूले यहाँ पीडा यो यति खप्नुपर्छ किन हो…

1 day ago