हरि काेर्काली
चरी भुरुरु
चरी भुरुरु
आँगनीमा चर्न आए
चरी भुरुरु।
कति राम्रा राम्रराम्रा
बुट्टा भएका जिउसँग
चट्ट मिल्ने खुट्टा भएका
आँखा साना साना।
तर तिखा भएका
सबै कुरा छ्याङ्गै देख्ने
छिटा भएका।
चरी भुरुरु ,
चरी भुरुरु
आँगनीमा चर्न आए
चरी भुरुरु।
लेक, बेँसी, हिमाल,
तराई जम्मै घुमेर
मीठा मीठा अन्न,
फलफूल जम्मै चुमेर।
घर, गाेठ ,आँगन,
बिस्कुन आफ्नै ठानेर
प्राण धान्ने साधन
सबै साझा मानेर
आगनीमा चर्न आए।
चरी भुरुरु ,
चरी भुरुरु
चरी भुरुरु
आगाीमा आए
चरी चर्न भुरुरु।
रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…
निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…
अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…