Categories: बाल कथा

चश्मा


लीलाराज दाहाल
वागमती ११, कर्मैया, सर्लाही

हरि र प्रिया वैवाहिक जीवनको तेस्रो बर्षमा थिए ! दुबै स्नातकोत्तर गरेका पठित जोडी थिए ! उनीहरू बाबु आमाले गराइदिने परम्परागत मागी बिवाहको घोर बिरोधी थिए ! प्रियाले भनी,” अहिलेको जमानामा पनि कसैले बाबु आमाले खोजिदिएको केटासँग बिवाह गर्छ ? होइन त कालु ! ” पत्नीद्वारा कालु भनिने पति हरिले श्रीमतीको भनाइमा सही थप्यो,” हो त डियर ! आफ्नो जीवन साथी आफैँ खोज्ने हो ! हामीले जस्तै ! ” उनीहरु परस्परमा मन पराएर बिवाह बन्धनमा बाँधिएका थिए ! उनीहरूको प्रेमको प्रतीक टुकुटुकु हिँड्ने एउटी छोरी छिन् ! पहिलो गाँसमा ढुङ्गा भनेजस्तै छोरी प्रायः जसो बिरामी हुन्थिन् ! त्यसैले उनीहरुको अस्पताल – आवास दौड चलिरहन्थ्यो ! कहिले कुन बिमार, कहिले कुन ! प्रायः जसो अस्पताल गैरहनु पर्थ्यो ! निकैदिन सकुशल रहेकी छोरी फेरि बिरामी परेपछि अस्पताल लैजान तयार भएको पतिलाई कोट्याएर प्रियाले भनी,” कालु ! पल्लो टोलमा एकजना धामी बा बस्छन् रे ! त्यहाँ फुक्न लैजाउँ न छोरीलाई ! ” हरि एकछिन सोचमग्न भयो र झटपट बोल्यो,” हुन्छ ! हुन्छ ! गइहालौँ ! ” एकछिनका लागि उनीहरुले चेतना र भौतिक ज्ञान बिर्सिए ! अनि अन्धविश्वासको चश्मा लगाएर छिटोछिटो धामी बस्ने गल्लीतिर लम्किए !

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“साथी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा "मम्मी.. मम्मी.. ए मम्मी, कता हुनुहन्छ ? सानी…

10 hours ago

“चैत्र”

गणेश आत्रेय मदनपोखरा,पाल्पा चमक्क चैत चम्कियो फुलेर फूल फक्रिए; पहार भीर कन्दरा बगान टार रङ्गिए।…

11 hours ago

परिबन्धन

राजु क्षत्री अपुरो "हेल्लो, मलाई चिनिस् ?" उनले अलि कडा स्वरमा भने । रवि दिनभरिको…

11 hours ago

बलात्कारी प्रेमी हुनै सक्दैन

रजनी खत्री बलात्कारी प्रेमी हुनै सक्दैन प्रेमी बलात्कारी हुनै सक्दैन प्रेम पुजा, साधना र भक्ति…

1 day ago

नाबालिग

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "अडर अडर !"- जज् साहेबले टेबुलमा काठको घन बचार्दै भने।…

1 day ago

आयो वसन्त आयो

भगवती शर्मा फाट्यो सबै तुवाँलो आकाश स्वच्छ पा-यो मैलो धुलो हटायो सम्पूर्ण ज्योति झा-यो हुन्थ्यो…

1 day ago