रञ्जुश्री पराजुली
चहाडका धनी हामी
खुशी भई मनाउँछौँ
दसैं तिहार मात्र होइन
नेपालीका धेरै चाड रमाएर मनाउँछौँ।
बाबा आमा भन्नु हुन्छ हाम्लाई
जे गर्न पनि चाहिन्छ धन
कतैबाट आउदैन पैसा जहीँ चाहिन्छ
हामीसङ्ग छदै छ पैसा भन्दा ठूलो मन।
कहिले हुन्छ आँगनीमा
तुलसी बिहे झल्मली
साउन पन्ध्र संस्कृति पर्व हो
पाक्छ खिर मगमगी।
आसार पन्ध्र रोपाइँ दिवस
दही चिउरा मीठो
चामल खट्टे चपाउँदै
अर्को चहाड मनाउँछौँ।
तिहारहो चहाड दाजुभाइ दिदी बैनीको
हरेक घरमा सेल पाक्छ मीठो स्वादको
दजुभाइको निदारमा सप्तरंगी इन्द्रेणी
मखमली र सयपत्री मगमगाउँछ गलामा।
मकरे सक्रान्ती माघी नामको पर्व हो
घिउ चाकु तील लड्डुखाने हो
वर्ष भरी अनेकौं चाहाड पर्व मनाउँने
अनेक चिज पकाई रमाएर खाने हो।
धर्म, संस्कृति पर्वले नै जनाउँने
सबै जन रमाउँदै चाडपर्व मनाउँने
जतजातको फुलबारी हाम्रो देश
देशको गौरव देखाउँने हाम्रो अफ्नै भेष।
मन्त्री सिता बादीको उपस्थितिमा विद्यालय सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर ललितपुर, असोज ३०। भोटेकोशी रसुवा बाढीबाट…
महेन्द्र न्यौपाने लोकन्थली,भक्तपुर “एउटी किशोरीको दिनदहाडै बलात्कार भयो त?” एक पत्रकारले एआईलाई सोधे। “यो दण्डहीनताको…
रमेशचन्द्र घिमिरे पानी पर्न छोडेर अब घमायो दसैँ आइसकेछ कान्छो रमायो बाको हातमा कापी र…