Categories: बाल कथा

परिकल्पना


गंगा खड्का
बूढानीलकण्ठ ,काठमाडौँ

म परीक्षा दिनको लागि कलेज जाँदै थिएँ । म चढेको गाडीमा मसँगैको सिटमा एकजना महिला बसेकी थिइन् । उनीसँग लगभग तीन चार वर्षकी नानी पनि थिइन् । नचिनेको मान्छे भएर मैले त्यतापट्टि ध्यान दिइनँ । म झोलाबाट किताब निकालेर पढ्न थालेँ । एकैछिनमा ती सानी नानीले मेरो हातबाट किताब पन्छाइदिइन् । मैले उनको अनुहारमा पुलुक्क हेरेँ । उनी मुसुक्क हाँसिन् । त्यसपछि मलाई उनीसँग जिस्कन मन लाग्यो । म उनीसँग बोल्न थालेँ।
“तिम्रो नाम के हो ?”
मेरो प्रश्नको उत्तरमा उनले झरना जस्तै मीठो बोलीमा छोटो उत्तर दिँदै भनिन् ,“जेनिका”
“आहा! कति राम्रो नाम ! अनि तिमी कहाँ जान लागेकी नि ? ”मेरो सोधाइमा उनले जिस्कँदै भनिन्, “अफिस”
मैले फेरि उनलाई जिस्काउँदै भनेँ, “होइन होला ।”
“नपत्याए ममीलाई सोध्नुहोस् न ।” उनले आमापट्टि देखाउँदै भनिन् । मैले उनकी आमालाई हेरेँ।
“नानी सबैलाई यसै भनेर गफ लगाउँछे । सधैँ मेरो अफिस जाने भएर होला उसलाई आफ्नै अफिस जस्तो लाग्छ। ”जेनिकाकी आमाको जवाफ सुनेपछि मैले अचम्म मान्दै सोधेँ, “नानी किन सधैँ हजुरको अफिस जान्छिन् ? उनलाई स्कुल जानुपर्दैन र ?”
“स्कुल त जानुपर्छ तर म उनलाई बेला भएपछि पुर्याउन जान्छु ।” जेनिकाकी आमाले मलाई सफाइ दिँदै भनिन् । “नानीको स्कुल हजुरको अफिस नजिकै छ हो दिदी ? ” मैले जिज्ञासु बन्दै सोधेँ।
“होइन नि, घर नजिकै छ। अफिसबाट गाडीमा बीस मिनेट लाग्छ।”
उनको निराशा नाचिरहेको अनुहारलाई नियाल्दै मैले सोधेँ, “घरबाट नजिक भए त घरका मान्छेले स्कुल पुर्याइदेलान् नि त ?”
“घरका मान्छेले मेरी छोरी कहाँ हेरिदिन्छन् र बहिनी ? मैले नानीलाई आठ महिनादेखि बोकेर अफिस लगेको । ”म उनका कुरा सुन्दै गएँ । उनी थप्दै गइन्, “अहिले मेरी छोरी यस्तो जाडामा मैले अफिस लगेको कसैले देख्दैन। भोलिपर्सि मेरा सासु ससुरा बुढाबुढी हुँदा मैले हेरिनँ भने समाजले कुरा काट्छ।” उनले भावुक हुँदै भनिन् ।
“ओहो, यस्तो विकसित ठाउँमा त नारीहरूमाथि शारीरिक तथा मानसिक हिंसा हुन छोडेको छैन भने घरेलु हिंसाको अन्त्यको परिकल्पना कसरी सार्थक बन्ला?” म बडो अन्योलमा परेँ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय

मन्त्री सिता बादीको उपस्थितिमा विद्यालय सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर ललितपुर, असोज ३०। भोटेकोशी रसुवा बाढीबाट…

15 hours ago

नटालिने छिद्र

महेन्द्र न्यौपाने लोकन्थली,भक्तपुर “एउटी किशोरीको दिनदहाडै बलात्कार भयो त?” एक पत्रकारले एआईलाई सोधे। “यो दण्डहीनताको…

15 hours ago

मुकुण्डो

सालिक राम सत्याल बाँके ३खजुरा, हाल-मलेसिया हरिप्रसादको समाजसेवाको चर्चा गाउँदेखि सहरसम्म फैलिएको थियो। गरिबका पीडामा…

15 hours ago

अबला

फिराक गोर्खाली गुवाहाटी असम “होइन हो दाइ, तपाईँ कार्यक्रममा आउनुभएन त ?” “बहिनी, समय नै…

2 days ago

“कान्छो रमायो”

रमेशचन्द्र घिमिरे पानी पर्न छोडेर अब घमायो दसैँ आइसकेछ कान्छो रमायो बाको हातमा कापी र…

2 days ago

अबगाल

महेन्द्र नेउपाने लोकन्थली, भक्तपुर “आज नाति केटाले कम्ता गाल पारेन।” दसैँ मान्न घर आएको दस…

2 days ago