Categories: बाल कथा

परिकल्पना


गंगा खड्का
बूढानीलकण्ठ ,काठमाडौँ

म परीक्षा दिनको लागि कलेज जाँदै थिएँ । म चढेको गाडीमा मसँगैको सिटमा एकजना महिला बसेकी थिइन् । उनीसँग लगभग तीन चार वर्षकी नानी पनि थिइन् । नचिनेको मान्छे भएर मैले त्यतापट्टि ध्यान दिइनँ । म झोलाबाट किताब निकालेर पढ्न थालेँ । एकैछिनमा ती सानी नानीले मेरो हातबाट किताब पन्छाइदिइन् । मैले उनको अनुहारमा पुलुक्क हेरेँ । उनी मुसुक्क हाँसिन् । त्यसपछि मलाई उनीसँग जिस्कन मन लाग्यो । म उनीसँग बोल्न थालेँ।
“तिम्रो नाम के हो ?”
मेरो प्रश्नको उत्तरमा उनले झरना जस्तै मीठो बोलीमा छोटो उत्तर दिँदै भनिन् ,“जेनिका”
“आहा! कति राम्रो नाम ! अनि तिमी कहाँ जान लागेकी नि ? ”मेरो सोधाइमा उनले जिस्कँदै भनिन्, “अफिस”
मैले फेरि उनलाई जिस्काउँदै भनेँ, “होइन होला ।”
“नपत्याए ममीलाई सोध्नुहोस् न ।” उनले आमापट्टि देखाउँदै भनिन् । मैले उनकी आमालाई हेरेँ।
“नानी सबैलाई यसै भनेर गफ लगाउँछे । सधैँ मेरो अफिस जाने भएर होला उसलाई आफ्नै अफिस जस्तो लाग्छ। ”जेनिकाकी आमाको जवाफ सुनेपछि मैले अचम्म मान्दै सोधेँ, “नानी किन सधैँ हजुरको अफिस जान्छिन् ? उनलाई स्कुल जानुपर्दैन र ?”
“स्कुल त जानुपर्छ तर म उनलाई बेला भएपछि पुर्याउन जान्छु ।” जेनिकाकी आमाले मलाई सफाइ दिँदै भनिन् । “नानीको स्कुल हजुरको अफिस नजिकै छ हो दिदी ? ” मैले जिज्ञासु बन्दै सोधेँ।
“होइन नि, घर नजिकै छ। अफिसबाट गाडीमा बीस मिनेट लाग्छ।”
उनको निराशा नाचिरहेको अनुहारलाई नियाल्दै मैले सोधेँ, “घरबाट नजिक भए त घरका मान्छेले स्कुल पुर्याइदेलान् नि त ?”
“घरका मान्छेले मेरी छोरी कहाँ हेरिदिन्छन् र बहिनी ? मैले नानीलाई आठ महिनादेखि बोकेर अफिस लगेको । ”म उनका कुरा सुन्दै गएँ । उनी थप्दै गइन्, “अहिले मेरी छोरी यस्तो जाडामा मैले अफिस लगेको कसैले देख्दैन। भोलिपर्सि मेरा सासु ससुरा बुढाबुढी हुँदा मैले हेरिनँ भने समाजले कुरा काट्छ।” उनले भावुक हुँदै भनिन् ।
“ओहो, यस्तो विकसित ठाउँमा त नारीहरूमाथि शारीरिक तथा मानसिक हिंसा हुन छोडेको छैन भने घरेलु हिंसाको अन्त्यको परिकल्पना कसरी सार्थक बन्ला?” म बडो अन्योलमा परेँ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

19 hours ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

19 hours ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

2 days ago

-एकत्व

विवेक शर्मा गौतम टोखा-३,काठमाडौं “हजुरबा, त्यो रुख किन रोएको जस्तो देखिन्छ ?” आर्यनले सोध्यो। हजुरबाले…

2 days ago

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

3 days ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

3 days ago