सोनिया श्रेष्ठ
कक्षा १२ मा पढ्ने सीताको जाडो बिदा चलिरहेको थियो। दोस्रो टर्मिनल परीक्षा सकिएपछि आएको बिदा अरूका लागि उत्साह थियो, तर सीताको मनमा डर थियो। एउटा परीक्षा उसको सोचेजस्तो राम्रो भएको थिएन।
सीता सधैँ मेहनती विद्यार्थी थिई। पढाइमा कहिल्यै लापरवाही गरेकी थिइन। तर एउटा बिग्रिएको परीक्षाले उसको आत्मविश्वास कमजोर बनाएको थियो। “रिजल्ट आएपछि के होला?” भन्ने डरले उसको हरेक दिन भारी बनाइरहेको थियो। बिस्तारै बिदा सकिँदै गयो। स्कुल खुल्ने दिन नजिकिँदै गर्दा सीताको मन अझै डरले भरियो। तर उसले आफ्ना पुराना कापीहरू हेरी। ती कापीहरूमा उसको परिश्रम, अनुशासन र सपना लुकेका थिए।
त्यस क्षण सीताले बुझी—एउटा उत्तरपुस्तिकाले उसको भविष्य तय गर्न सक्दैन। डरभन्दा ठूलो उसको मेहनत थियो।
मन्त्री सिता बादीको उपस्थितिमा विद्यालय सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर ललितपुर, असोज ३०। भोटेकोशी रसुवा बाढीबाट…
महेन्द्र न्यौपाने लोकन्थली,भक्तपुर “एउटी किशोरीको दिनदहाडै बलात्कार भयो त?” एक पत्रकारले एआईलाई सोधे। “यो दण्डहीनताको…
रमेशचन्द्र घिमिरे पानी पर्न छोडेर अब घमायो दसैँ आइसकेछ कान्छो रमायो बाको हातमा कापी र…