सोनिया श्रेष्ठ
कक्षा १२ मा पढ्ने सीताको जाडो बिदा चलिरहेको थियो। दोस्रो टर्मिनल परीक्षा सकिएपछि आएको बिदा अरूका लागि उत्साह थियो, तर सीताको मनमा डर थियो। एउटा परीक्षा उसको सोचेजस्तो राम्रो भएको थिएन।
सीता सधैँ मेहनती विद्यार्थी थिई। पढाइमा कहिल्यै लापरवाही गरेकी थिइन। तर एउटा बिग्रिएको परीक्षाले उसको आत्मविश्वास कमजोर बनाएको थियो। “रिजल्ट आएपछि के होला?” भन्ने डरले उसको हरेक दिन भारी बनाइरहेको थियो। बिस्तारै बिदा सकिँदै गयो। स्कुल खुल्ने दिन नजिकिँदै गर्दा सीताको मन अझै डरले भरियो। तर उसले आफ्ना पुराना कापीहरू हेरी। ती कापीहरूमा उसको परिश्रम, अनुशासन र सपना लुकेका थिए।
त्यस क्षण सीताले बुझी—एउटा उत्तरपुस्तिकाले उसको भविष्य तय गर्न सक्दैन। डरभन्दा ठूलो उसको मेहनत थियो।
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…