Categories: बाल कथा

चेतना


रम्भा पौडेल

“हजुरबा जाउँ न आज।”
“कहाँ जाने बाबु ?”
“भजन गाएको हेर्न।”
“लौ लौ जाउँला । पहिला खान त देउ । तिमीले खाना खायौ ?”
“अँ मैले अघिनै खाइसकेँ । हजुरआमाले मलाई सबैभन्दा पहिले नै खान दिनुहुन्छ नी।”
“ल ल, पख एकछिन अनि जाउँला । नाति बाजे भएर।”
नातिले “हस” भनेर हजुरबालाई खाना खाउञ्जेल पर्खेर बस्यो । एकै छिनमा हजुरबा दौरा सुरवाल र कोट लगाएर बाहिर निस्कनुभयो र भन्नुभयो, “बाबु, ए बाबु, जाउँ हिँड । मेरो लौरो कहाँ छ ? लेउ लेउ । फेरी उकालोमा मलाई चढन गारो हुन्छ ।”
“त्यही नजिकै त जाने हो नी हजुरबा । चाहिन्छ र लौरो ? अझै त तगडा हुनुहुन्छ नी ।”
“हैन लेउ न । आफ्नो साधन त साथैमा लगेको राम्रो।”
नातिले हजुरबाको लौरो ल्याइदियो । दुबैजना माझघरेबाको घरतर्फ लागे । घरको दलानमा पुग्नासाथ सबैको अनुहार हजुबातिर पर्यो । सबैले ठुलाघरेबा आउनु भयो भनेरस्वागत गरे । हजुरबाले ‘आइज नाति’ भनेर आफनो छेउमै राख्नुभयो।
भजन गाउन बसेका सबैले आजको भजनको सुरुआत ठुलाबाबाट गर्ने भनेर आग्रह गरे । “सबैले भन्छौ भने लौ त मै शुरु गर्छु” भनेर हजुरबा जुरुक्क उठ्नुभयो, खैजडी हातमा लिनु भयो । खुटटा उठाउदै नाच्दै यस्तो भजन गाउन थाल्नु भयो–
के को अभिमानछोडीजाने धनको ?
हे, के को अभिमान छोडि जाने धनको!
ठुलोठुुलो दरवार यो,कारखाना र गाडी
जानै पर्छ जाति भए नी ,सबै सबै छाडि।
कस्ता कस्ता धनचरीका गए राजपाट
कस्तो कस्तो हपहपी कस्तो कस्तो ठाँट।
कस्ता धनी मै हु भन्ने भए बुंगाटाट
खोल आँखा मनको,
के को अभिमान छोडीजाने धनको । हरि… ।
चेतना हो सबै कुरा खोल आँखा मनको।
के को अभिमान छोडिजाने धनको । हरि… ।
हजुरबा खुट्टा उठाइउठाइ उफ्रेर नाचेको देखेर सबैलाई रमाइलो लाग्यो । सबैतिर हाँसोको पहिरो गयो।
नाति पनि खित्का छाडेर हाँस्यो । घर फर्किँदा बाटोमा नातिले सोध्यो, “हजुरबा यो चेतना भनेको के हो ?” हजुरबाले भन्नुभो, “सबै कुरा मनको गहिराइबाट बुझेर प्रश्नको उत्तर दिन सक्नु नै चेतना हो।”
“तिमीले मैले भनेको भजनको अर्थ बुझेर गहिरो उत्तर दिन सक्यौ भने त्यही हो तिम्रो चेतना। हजुरबा हजुर आमा तथा आफुभन्दा ठुलालाई सम्मान गर्नुपर्छ भन्ने जान्यौ र त्यही ब्यबहार गर्यौ भने पनि त्यही हो चेतना !”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

जनै पूर्णिमा : परिचय , विशेषता र महत्व

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र…

1 day ago

प्रकृति

बलराम दंगाल रत्ननगर,चितवन “हेर्नु त बुवा ! मानिसले प्रकृतिलाई पनि जितिसक्यो नि,” छोराले मोबाइलमा बाँधको…

1 day ago

“हाम्रो प्यारो संसार”

लक्ष्मी बडाल घाम लाग्यो झुल्केर, फूल हाँस्यो फक्रेर, चराले गीत गाउँदा, नानी उठिन् हर्षेर! हात…

1 day ago

शिक्षा

अनिल गुरुङ गिंग लेबोङ बाबा, यो पालि म फस्ट भयो भने मलाई फोन किनी दिनु…

2 days ago

“बाढी को कहर”

कृष्णशरण उपाध्याय पौडेल बाढी आइरहेछ गाउँ घरमा, चीत्कारमा देश छ गाना गाइरहेछ मृत्यु डरमा -…

2 days ago

“मूना”

दुर्गा पाैड्याल मूना थिएँ ऐले म त ,बन्थेँ काेपिला फक्रिएर भाेलिपर्सि ,शुभास छर्दथेँ मलाई देख्दा…

2 days ago