Categories: बाल कथा

प्रकृति


बलराम दंगाल
रत्ननगर,चितवन

“हेर्नु त बुवा ! मानिसले प्रकृतिलाई पनि जितिसक्यो नि,” छोराले मोबाइलमा बाँधको विशाल परियोजनाको भिडियो देखाउँदै भन्यो।
बाले मुस्कुराउँदै भने, “प्रकृतिलाई जितिसक्यो?”
“हो नि ! आकाशमा उड्छौँ, समुद्रमुनि पुग्छौँ, पहाड छेड्छौँ, नदीको धारसमेत मोड्छौँ।”
बाले गम्भीर हुँदै भने, “प्रकृतिलाई जित्नु र प्रकृतिलाई बुझ्नु एउटै कुरा होइन छोरा।”
छोरा हाँस्दै बोल्यो, “तर विज्ञानले असम्भवजस्तै लाग्ने काम पनि सम्भव बनाएको छ नि!”
बाले बाहिर आकाशतिर हेर्दै भने, “हो, मानिसले धेरै कुरा गर्न सक्छ। तर प्रकृतिको शक्ति र नियमभन्दा ठूलो हुन सक्दैन।”
त्यत्तिकैमा बाहिर ठूलो आवाज आयो। गाउँको खोलामा आएको भीषण बाढीले खेत, बाटो र बस्ती बगाउँदै थियो।
छोरा आत्तिँदै बाहिर निस्कियो। केही घण्टामै उसले गर्व गर्दै सुनाएको सडक, पुल र खेतहरू भेलमा हराउँदै थिए।
ऊ बाको छेउमा उभियो।
“बुवा… हामीले त खोलालाई बाँधेर राखेका थियौँ नि !”
बाले बाढीतिर हेर्दै भने, “खोलालाई बाँध्न सकिन्छ छोरा, प्रकृतिलाई होइन।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

जनै पूर्णिमा : परिचय , विशेषता र महत्व

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र…

11 minutes ago

“हाम्रो प्यारो संसार”

लक्ष्मी बडाल घाम लाग्यो झुल्केर, फूल हाँस्यो फक्रेर, चराले गीत गाउँदा, नानी उठिन् हर्षेर! हात…

35 minutes ago

शिक्षा

अनिल गुरुङ गिंग लेबोङ बाबा, यो पालि म फस्ट भयो भने मलाई फोन किनी दिनु…

1 day ago

“बाढी को कहर”

कृष्णशरण उपाध्याय पौडेल बाढी आइरहेछ गाउँ घरमा, चीत्कारमा देश छ गाना गाइरहेछ मृत्यु डरमा -…

1 day ago

“मूना”

दुर्गा पाैड्याल मूना थिएँ ऐले म त ,बन्थेँ काेपिला फक्रिएर भाेलिपर्सि ,शुभास छर्दथेँ मलाई देख्दा…

1 day ago

मध्यरातको त्यो सर्प

इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…

2 days ago