सुनिता निरौला पौडेल
राधे राधे, भक्तपुर
“बाबा, हेर्नुस् त, त्यहाँ किन मानिसहरूको त्यत्रो घुइँचो?” छोराले भनेपछि बाबा पनि त्यही घुइँचोतिर जानुभयो।
पञ्चमी बजार हप्तामा एक दिन लाग्ने ठूलो बजार थियो। त्यहाँ धेरै मानिसहरू सामान किन्ने बेच्ने गर्थे।“तातो–तातो बदाम लिनुहोस्, हजुर!” सानो माइकमा आवाज कैद गर्दै एक जना बुढा बा बोलिरहनुभएको थियो।
मानिसहरू धमाधम बदाम किन्दै थिए। सानो छोराले पनि बदाम किन्न आग्रह गर्-“हजुरबा, हजुरले किन घरमै नबसी यसरी बजारको बीचमा बदाम बेच्नुभएको?” सानो छोराले बदाम बेच्ने बुढा बालाई सोध्यो।
बालकलाई हेरेर बुढा बा केही नबोली मुसुक्क हाँसिरहनु भयो।
फेरि बालकले प्रश्न गर्यो, “घरमा कोही छैन र यसरी बेच्नुभएको?”
“सबै घरका सदस्यहरू बिहानै उठेर आ–आफ्नो काममा जान्छन्। मैले पनि यसरी घरमै बस्नुभन्दा केही गरौँ भनेर हो, के बाबु !” उहाँले माया मिश्रित स्वरमा भन्नुभयो।
बालकको उत्सुकता अझ बढ्यो। “अनि यसरी कमाएको पैसाले के गर्नुहुन्छ नि, हजुर ?”
बुढा बा अलि भावुक हुँदै भन्नुभयो; “आफ्नो आवश्यकतापछि बाँकी रकम मैले आफ्नै गाउँका निमुखा विद्यार्थीहरूको छात्रवृत्तिका लागि जम्मा गरिदिन्छु।”
नरिश्वर गौतम बिहानै हेर त फर्केर जताबाट आउँदैछ घाम बढ्दै जान्छ उज्यालो पूर्व दिशा त्यसको…
श्री इन्दिरा छेत्री उदालगुरी असम घरभित्रको एउटा कुनाको पलङ्मा घोप्टोपरी लमतन्न परी सुतेर रोहित हरेक…
नारायण नाथ योगी इटहरी, सुनसरी एक दिन आकाशमा चम्किरहेको चन्द्रमाले हठ गर्यो। उसले आमा आकाशदेवीलाई…